​पुननिर्माण प्राधिकरणको बैठकमा प्रधानमन्त्री ओलीले गरे यस्तो निर्णय

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २१, २०७५
|
|
२४ पटक हेरिएको
Shares
​पुननिर्माण प्राधिकरणको बैठकमा प्रधानमन्त्री ओलीले गरे यस्तो निर्णय

सारांश

  • काठमाडौं, २१ भदाै।
  •   प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्षता गरेको पुननिर्माण प्राधिकरण निर्देशक समितिको बैठकले महत्वपूर्ण निर्णय गरेको छ ।
  • बैठकले सबै भूकम्पपीडितलाई चालू आर्थिक वर्ष (आव) २०७५÷७६ भित्रै पूरै किस्ता रकम वितरण गर्ने निर्णय गरेको पुननिर्माण प्राधिकरणले जनाएको छ ।

काठमाडौं, २१ भदाै।  प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्षता गरेको पुननिर्माण प्राधिकरण निर्देशक समितिको बैठकले महत्वपूर्ण निर्णय गरेको छ । बैठकले सबै भूकम्पपीडितलाई चालू आर्थिक वर्ष (आव) २०७५÷७६ भित्रै पूरै किस्ता रकम वितरण गर्ने निर्णय गरेको पुननिर्माण प्राधिकरणले जनाएको छ । निर्देशक समितिको बैठकले शहरी क्षेत्र, परम्परागत बस्ती र बस्ती स्थानान्तरणबाहेकका हकमा सबै लाभग्राहीलाई चालु आवमै पूरै किस्ता रकम वितरण गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले पुनर्निर्माणका काम अब स्थानीय तहबाटै अघि बढाउने र त्यसको अनुगमन जिल्ला समन्वय समितिबाट गर्ने निर्णयसमेत भएको छ । यसले पुननिर्माण प्राधिकरणको कार्य चुस्तदुरुस्त हुने विश्वास गरिएको छ । पुनर्निर्माणको निरीक्षण, प्रमाणीकरण, अनुदान रकम वितरण लगायतका काम स्थानीय तहबाट र अनुगमनको काम जिल्ला समन्वय समितिबाट हुनेगरी निर्णय गरिएको पुननिर्माण प्राधिकरणले जनाएको छ । बैठकको अध्यक्षता प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए।

नयाँ निर्णयसँगै भुकम्प पीडितहरुले सजिलै अनुदान पाउने तथा पुननिर्माण कार्य चाँडै सकिने विश्वास गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?