शान्ति प्रक्रियाको शुरुवात विन्दु सिक्लेसमा पुगी यस्तो भने प्रचण्ड र सिटौला

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर २५, २०७५
|
|
३६ पटक हेरिएको
Shares
शान्ति प्रक्रियाको शुरुवात विन्दु सिक्लेसमा पुगी यस्तो भने प्रचण्ड र सिटौला

सारांश

  • पोखरा ।
  • शान्ति प्रक्रियाको प्रस्थान विन्दु बनेको कास्कीको मादी गाउँपालिकामा शान्ति स्मारकको अनावरण गरिएको छ ।
  • नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतले सिक्लेसमा पुगी स्मारक अनावरण गरे ।

पोखरा । शान्ति प्रक्रियाको प्रस्थान विन्दु बनेको कास्कीको मादी गाउँपालिकामा शान्ति स्मारकको अनावरण गरिएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतले सिक्लेसमा पुगी स्मारक अनावरण गरे ।

तत्कालीन गृहमन्त्री तथा सरकारी वार्ता टोलीका संयोजक कृष्णप्रसाद सिटौला सिक्लेस पुगेर तत्कालीन सशस्त्र आन्दोलनरत नेकपा माओवादीका अध्यक्ष प्रचण्डसँग सिक्लेसमा छलफल गरी वार्ताको वातावरण बनाउन सफल भएका थिए ।

अनावरण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले तत्कालीन विद्रोही तथा सरकार दुवै पक्षले जोखिम मोलेर नै शान्ति प्रक्रियाको थालनी गरिएको भन्दै अब शान्ति प्रक्रियाका बाँकी कामहरु छिट्टै टुंगाउने बताए ।

त्यसलगत्तै अध्यक्ष प्रचण्डलगायत माओवादी पार्टीको शीर्ष नेतृत्व २०६३ असार २ गते बालुवाटारमा सार्वजनिक भएका थिए । त्यसपछि विकसित शान्ति प्रक्रियाले गति लिँदै देश अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक बनेको छ ।

समारोहमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले स्व गिरिजाप्रसाद कोइरालाको शीर्षस्थ व्यक्तित्वका कारणबाट नेपालको शान्ति प्रक्रिया सफल भएको बताए । कांग्रेस पार्टी प्रतिपक्षमा भएपनि विकास र समृद्धिको यात्रामा सरकारलाई सकारात्मक सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्दै उहाँले द्वन्द्वका पीडितलाई सरकारले न्याय दिनुपर्ने बताए ।

प्रचण्ड पहिलोपटक सार्वजनिक भएको स्थल सिक्लेसको ऐतिहासिक एवं राजनीतिक महत्वलाई दृष्टिगत गरी शान्ति स्तम्भसहितका पूर्वाधार निर्माण गरिएको हो । दुई रोपनी क्षेत्रफलमा स्तम्भसहितको स्मारक गाउँपालिका र स्थानीय जनसहभागिता परिचालन गरी १५ लाखको लागतमा निर्माण सम्पन्न गरिएको हो ।

स्तम्भमा शान्ति प्रकृयासँग सम्बन्धित विगत, वर्तमान र भविष्यको सन्देश दिने विभिन्न २० वटा भाव व्यक्त गरिएको कलाकार तथा मूर्तिकार नारदमुनि हार्तुमछालीले जानकारी गराए । स्मारकमा शान्ति प्रक्रियासँग सम्बन्धित विभिन्न तस्बीर, दस्तावेज समेटिने गरी सङ्ग्रहालयसमेत राखिएका छन् ।

विश्वका लागि पनि नेपालको शान्ति प्रक्रिया अध्ययनको थलो भएको बताउँदै उहाँले शान्ति प्रक्रियाको उद्गम थलो सिक्लेसको महत्व झनै बढेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले समृद्धिको लागि सरकारले निजी क्षेत्रलाई पनि साथमै लिएर अघि बढ्नुपर्नेमा जोड दिए । गण्डकी प्रदेशसभा सदस्य मनबहादुर गुरुङले ऐतिहासिक तथा पर्यटकीयस्थल सिक्लेसको सडक पूर्वाधार विकासमा जोड दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?