गैंडाकोट नगरपालिका विवादः हिसाबकिताब जाँचबुझका लागि समिति गठन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २८, २०७५
|
|
२३ पटक हेरिएको
Shares
गैंडाकोट नगरपालिका विवादः  हिसाबकिताब जाँचबुझका लागि समिति गठन

सारांश

  • काठमाडाै, २८ भदाै।
  •   आर्थिक वर्ष २०७४–७५ को असार महिनाको हिसाबकिताब हेर्न पाउने सहमति बनेपछि पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाकाे ताला खाेलिएकाे छ ।
  •   उपप्रमुख विष्णुकुमारी कँडेलले आर्थिक पारदर्शीताको माग राख्दै कार्यालयमा ताला लगाएपछि विवाद चर्किएको थियो ।

काठमाडाै, २८ भदाै।  आर्थिक वर्ष २०७४–७५ को असार महिनाको हिसाबकिताब हेर्न पाउने सहमति बनेपछि पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाकाे ताला खाेलिएकाे छ ।  उपप्रमुख विष्णुकुमारी कँडेलले आर्थिक पारदर्शीताको माग राख्दै कार्यालयमा ताला लगाएपछि विवाद चर्किएको थियो । नगर प्रमुख छत्रराज पौडेलले उपप्रमुखले नियमविपरीत कार्यालयमा तालाबन्दी गरेको आरोप लगाउँदै असन्तुष्टि जनाएका थिए ।

नगरपालिका कार्यालयमा मंगलबार उपप्रमुख कँडेलसहित केही कार्यपालिका सदस्यले लगाएको ताला बुधबार प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालको संयोजकत्वमा भएको नगर प्रमुख पौडेल, उपप्रमुख कँडेलसहितको छलफलपछि खोलिएको हाे । हिसाबकिताब जाँचबुझका लागि प्रमुख कोष नियन्त्रक महेशशरण भण्डारीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ ।
पटकपटक नगरकार्यपालिकाको बैठकमा आर्थिक पारदर्शिताका लागि माग गर्दा पनि सुनुवाइ नभएको हुँदा नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्न बाध्य भएको उपप्रमुख कँडेलको भनाइ थियो भने नगर प्रमुख पौडेलले उपप्रमुखले नियमभन्दा बाहिर रहेर आरोप लगाएको र आर्थिक पारदर्शिता रहेको दाबी थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?