अण्डर १९ एसिया कपमा नेपाल सजिलो समूहमा, पहिलो खेल श्रीलंकासँग

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ४, २०७६
|
|
४० पटक हेरिएको
Shares
अण्डर १९ एसिया कपमा नेपाल सजिलो समूहमा, पहिलो खेल श्रीलंकासँग

सारांश

  • काठमाडौं ।
  • श्रीलंकामा आयोजना हुने एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपाल सहज समूहमा परेको छ ।
  • एसियन क्रिकेट काउन्सिल (एसीसी) ले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपाल सहज मानिएको समूह ‘बी’ मा परेको छ ।

काठमाडौं । श्रीलंकामा आयोजना हुने एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपाल सहज समूहमा परेको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपाल सहज मानिएको समूह ‘बी’ मा परेको छ ।यस समूहमा नेपालसहित आयोजक श्रीलंका, बंगलादेश र युएई रहेका छन् । समूह ‘ए’ मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन् । एसिया कप भदौ १९ देखि २८ गतेसम्म हुनेछ । नेपालले आयोजक श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

नेपालले श्रीलंकासँग भदौ २० गते खेल्नेछ । यस्तै दोस्रो खेलमा नेपालले भदौ २२ गते बंगलादेश र अन्तिम खेलमा भदौ २४ गते युएईसँग खेल्नेछ । दुई समूहको शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । नेपाल गत महिना मलेसियामा सम्पन्न एसीसी यू–१९ इन्टर्न रिजनको उपाधि जितेर नेपाल एसिया कपमा छनोट भएको थियो । मलेसियामा भएको प्रतियोगितामा हङकङलाई ६ विकेटले पराजित गर्दै नेपालले उपाधि जितेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?