नदी वारपार गराएबापत बाली बुझाउने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २९, २०७५
|
|
३४ पटक हेरिएको
Shares
नदी वारपार गराएबापत बाली बुझाउने

सारांश

  • दाङ, २९ भदौ  ।
  • कपडा सिलाइ तथा फलामको भाँडा बनाएबापत वर्षौदेखि प्रचलित बालीघरे प्रथा पछिल्ला वर्षमा जिल्लामा कतै छिटफुट रहे पनि डुङ्गासम्बन्धी बालीघरे प्रथा भने अझै कायम छ ।
  • यो प्रथा विशेष गरेर दाङको देउखुरी क्षेत्रमा नदी वारपार गराएबापत स्थानीय बोटे समुदायका मानिसलाई बाली बुझाउने गरिन्छ ।

दाङ, २९ भदौ  ।कपडा सिलाइ तथा फलामको भाँडा बनाएबापत वर्षौदेखि प्रचलित बालीघरे प्रथा पछिल्ला वर्षमा जिल्लामा कतै छिटफुट रहे पनि डुङ्गासम्बन्धी बालीघरे प्रथा भने अझै कायम छ । यो प्रथा विशेष गरेर दाङको देउखुरी क्षेत्रमा नदी वारपार गराएबापत स्थानीय बोटे समुदायका मानिसलाई बाली बुझाउने गरिन्छ ।

देउखुरी क्षेत्रमा पर्ने राप्ती नदीमा पर्याप्त पुलपुलेसा नभएका कारण ठाउँठाउँमा स्थानीयवासीले यो बालीघरे प्रथा चलाएका हुन् । नदी वारपार गराएबापत मौसमअनुसारको धान, मकैँ, गहुँ, जौ आदि दिने गरेको सतबरियाकी सीता चौधरीले बताउनुभयो । “गाउँलेसँग बाली उठाउँछु । घरपरिवारलाई त्यही आम्दानीबाट चलाउने गरेको छु” लमही नगरपालिका पैतेकाका बोटे शिवु चौधरीले भन्नुभयो । उहाँले राप्ती नदीको रिहारघाटबाट डुङ्गा खियाउने गर्नुहुन्छ ।पचपन्न वर्षीय चौधरीले २६ वर्षदेखि सोही पेशा गर्दै आउनुभएको छ । उहाँले त्यहाँ दुई कोठका डुङ्गा राखेर नदीमा बाढी आएको बेला ठूलो र पानी कम भएको बेला सानो डुङ्गा चलाउने गरेको बताउनुभयो । त्यस घाटबाट सतबरिया, रिहार पैते, गङ्गदी, सालभौरीलगायतका गाउँलेलाई नदी वारपार गराउने गरेको जानकारी दिनुभयो ।

सो काम गरेबापत परिवारको सङ्ख्या हेरी मौसमअनुसारको अन्न पाथीदेखि मुरीसम्म लिने गरेको छु”, उहाँले भन्नुभयो । रिहार र पैतेका अधिकांश मानिसको खेतीपाती सबै नदीपारि नै रहेको र वर्षायाममा निकै सास्ती हुने गरेको रिहारकी कमला चौधरीले बताउनुभयो ।उहाँंका अनुसार स्थानीय बोटेले नदी वारपार गराएबापत परिवारको सङ्ख्याको आधारमा बाली लिने गरेका छन् । त्यसैगरी बाहिरका गाउँबाट आउने मानिसलाई भने नदी वारपार गरेवापत प्रतिव्यक्ति रु १० लिने गरेको छु, बोटे शिव चौधरीले भन्नुभयो । सो घाटबाट दैनिक आधा दर्जन गाउँका दुई÷तीन हजार मानिस नदी वारपार गर्दछन् । राप्ती नदीमा अधिकांश ठाउँमा पुल नहँुदा स्थानीयलाई निकै सास्ती हुने गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विराटनगरमा ‘खारजी ग्रिनपार्क’ सञ्चालन
विराटनगरमा ‘खारजी ग्रिनपार्क’ सञ्चालन
युद्धसम्बन्धी निर्णय लिने ट्रम्पको शक्ति सीमित पार्ने प्रस्ताव अमेरिकी संसद्‌बाट स्वीकृत
युद्धसम्बन्धी निर्णय लिने ट्रम्पको शक्ति सीमित पार्ने प्रस्ताव अमेरिकी संसद्‌बाट स्वीकृत
सरकारलाई प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न हम्मेहम्मे, सर्यो मन्त्रिपरिषद बैठक
आततायी आक्रमण
आततायी आक्रमण
कोरोनोको उच्च जोखिममा बालबालिका
युएस बंगला एयरलाइन्समा ज्यान गुमाउनेको क्षतिपूर्ति २ अर्ब १० करोड माग
युएस बंगला एयरलाइन्समा ज्यान गुमाउनेको क्षतिपूर्ति २ अर्ब १० करोड माग
आजको मौसम :तराईमा हुस्सु र पहाडी भेगमा हल्का वर्षाको सम्भावना
आजको मौसम :तराईमा हुस्सु र पहाडी भेगमा हल्का वर्षाको सम्भावना
बलात्कारीलाई मृत्युदण्डको कानून बनाउन संसदमा माग
‘३ नं प्रदेशको राजधानी नुवाकोट हुन सक्छ’
‘३ नं प्रदेशको राजधानी नुवाकोट हुन सक्छ’
चुनावमा भ्रष्टाचार! दाताले दिएका ९ सय ल्यापटप किनेको बिलदेखि-५० मिटरको २ हजार ट्याक्सी भाडासम्म

तपाईंले छुटाउनुभयो कि?