यि हुनआजको खेलमा चम्किन सक्ने खेलाडी

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ २, २०७५
|
|
४१ पटक हेरिएको
Shares
यि हुनआजको खेलमा चम्किन सक्ने खेलाडी

सारांश

  • लियोनल मेसी अर्जेन्टिना, स्ट्राइकर विश्वकपमा पहिलोपटक सहभागी भएको आइसल्यान्डमाथि अर्जेन्टिनी कप्तान लियोनल मेसी भारी पर्न सक्छन् ।
  • वर्तमान समयकै उत्कृष्ट खेलाडी मेसीले नवप्रवेशी वा अनुभवहीन खेलाडीविरुद्ध जादुमयी खेल देखाउन सक्छन् ।
  • उनले यो कुरा बार्सिलोनाबाट खेल्दा प्रमाणित गरिसकेका छन् ।

लियोनल मेसी अर्जेन्टिना, स्ट्राइकर

विश्वकपमा पहिलोपटक सहभागी भएको आइसल्यान्डमाथि अर्जेन्टिनी कप्तान लियोनल मेसी भारी पर्न सक्छन् । वर्तमान समयकै उत्कृष्ट खेलाडी मेसीले नवप्रवेशी वा अनुभवहीन खेलाडीविरुद्ध जादुमयी खेल देखाउन सक्छन् ।

उनले यो कुरा बार्सिलोनाबाट खेल्दा प्रमाणित गरिसकेका छन् । एक मिडफिल्डर र स्ट्राइकर भूमिकामा समान योगदान दिन सक्ने मेसीलाई हल्का स्पेस छाड्दा पनि आइसल्यान्डले ठूलो क्षति व्यहोर्नुपर्छ ।

मेसी कुन स्तरका खेलाडी हुन् भन्ने आइस टोलीलाई थाहा छ । यसकारण आइसल्यान्डको डिफेन्सको मुख्य जिम्मेवारी नै मेसीलाई सहज रूपमा गोल अवसर सिर्जना गर्न नदिनु हुनेछ ।

मेसीले खेलको प्रकृतिअनुसार आफूलाई परिवर्तन गर्न सक्छन् । आइसल्यान्डको डिफेन्स कसरी तोड्नुपर्छ भन्ने उनलाई थाहा छ ।

अरी स्कुलासन आइसल्यान्ड, डिफेन्डर

अरी सुरुवाती समयमा मिडफिल्डर थिए । सन् २०१४ को विश्वकप छनोटमा उनले एकाएक आफ्नो भूमिका परिवर्तन गर्दै लेफ्ट विंगबाट खेल्न थाले ।

सन् २०१६ को युरोकपमा आइसल्यान्डले खेलेका पाँचै खेलमा मैदान उत्रिएका अरीले रसिया विश्वकपमा आफ्नो प्रभाव छाड्ने मनस्थिति बनाएका छन् ।

चार वर्षदेखि आइसल्यान्डको डिफेन्डर क्षेत्र कमान्ड सम्हालेका अरीको मुख्य जिम्मेवारी नै अर्जेन्टिनी कप्तान मेसीलाई रोक्नु हुनेछ । ५६ अन्तर्राष्ट्रिय खेल खेलेका अरी आइसल्यान्डका भरपर्दा डिफेन्डर हुन् ।

एन्टोनियो ग्रिजम्यान फ्रान्स, स्ट्राइकर

स्पेनिस क्लब एटलेटिको म्याड्रिडका एक नम्बरका स्ट्राइकर ग्रिजम्यान यसपटक फिफा वर्ष खेलाडीको अन्तिम तीन सूचीमा पर्न सफल खेलाडी हुन् ।

तेस्रो स्थानमा रहे पनि ग्रिजम्यान रोनाल्डो र मेसीलाई चुनौती दिन सफल रहे । राष्ट्रिय टोलीले खेलेको ५४ खेलबाट २० अन्तर्राष्ट्रिय गोल गरेका ग्रिजम्यानको यो दोस्रो विश्वकप हो ।

उनको विशेषता नै डिबक्सभित्र अचुक प्रहार हो । एसियन छनोटबाट विश्वकपमा स्थान बनाएको अस्ट्रेलियाविरुद्धको प्रतिस्पर्धामा ग्रिजम्यानले प्रभाव छाड्न सक्छन् ।

(sapns2)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?