चुनावमा भ्रष्टाचार! दाताले दिएका ९ सय ल्यापटप किनेको बिलदेखि-५० मिटरको २ हजार ट्याक्सी भाडासम्म

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २८, २०७४
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  • अनियमितताका केही उदाहरण महालेखाले असार मसान्तसम्मको लेखापरीक्षण गर्दा निर्वाचन आयोगमा भएका सयौँ अनियमितता भेट्टाएको छ ।
  • अझ असार मसान्तपछि स्थानीय तहको तेस्रो चरणको र संघीय संसद् तथा राष्ट्रपतिको निर्वाचन भएको छ ।
  • असार मसान्तसम्म भएका अनियमितताको नमुना : आजको नयाँ पत्रिका दैनिकमा पुष्प ढुंगाना र योगेश ढकालले खबर लेखेका छन् ।

अनियमितताका केही उदाहरण

महालेखाले असार मसान्तसम्मको लेखापरीक्षण गर्दा निर्वाचन आयोगमा भएका सयौँ अनियमितता भेट्टाएको छ । अझ असार मसान्तपछि स्थानीय तहको तेस्रो चरणको र संघीय संसद् तथा राष्ट्रपतिको निर्वाचन भएको छ । असार मसान्तसम्म भएका अनियमितताको नमुना : आजको नयाँ पत्रिका दैनिकमा पुष्प ढुंगाना र योगेश ढकालले खबर लेखेका छन् ।

१. दाताबाट आएका नौ सय थान ल्यापटप आयोगले किनेको बिल

युएनडिपीले निर्वाचन सहयोग परियोजनामार्फत ९ सय थान ल्यापटप र प्रिन्टरसहित प्राविधिक सहयोग गरेको महालेखाले उल्लेख गरेको छ । त्यस्तै, चीन सरकारबाट घडी, रबरम्याट, जेलपेन, स्केल, कैँचीलगायत ११ वटा निर्वाचन सामग्री प्राप्त भएको पनि जनाएको छ । तर, यिनै सामान आफैँ खरिद गरेको भनेर निर्वाचन आयोगले बिल पेस गरेको छ ।

२. महँगोलाई परिचयपत्र छाप्न दिँदा चार करोड नोक्सान

आयोगले प्रतिगोटा आठ रुपैयाँ ४१ पैसा अनुमान गरी मतदाता परिचयपत्र छाप्न टेन्डर आह्वान गरेको थियो । तर, निर्धारित समयमा आएका दुईवटा कम्पनीको टेन्डर रद्द गरी दोस्रोपटक टेन्डर आह्वान गरेर आयोगले ११ रुपैयाँ २९ पैसाका दरले ठेक्का दियो । यसरी करिब एक करोड ४० लाख परिचयपत्र छाप्दा राज्यलाई चार करोड तीन लाख नोक्सान भएको छ ।

३. ५० मिटरको यात्रा, प्रतिव्यक्ति दुई हजार ट्याक्सी भाडा

१८ र १९ चैत ०७३ मा निर्वाचन आयोगले होटेल एल्लो प्यागोडामा निर्वाचन सुरक्षासम्बन्धी कार्यक्रम गरेको थियो । निर्वाचन आयोगको गेटबाट होटेल एल्लो प्यागोडा ५० मिटरमा छ । तर, आयोगका ३७ जना कर्मचारीले होटेलमा जाँदा अलगअलग ट्याक्सी चढेको भनेर दुई–दुई हजारका दरले भुक्तानी लिएका छन् ।

४. दाताको ४० लाख लेखापरीक्षणका लागि पेस नै गरिएन

आइडिया नेपालले निर्वाचन सहायताको रूपमा असार मसान्तसम्म ४० लाख ५४ हजार उपलब्ध गराएको थियो । तर, निर्वाचन आयोगले त्यसको विवरण नै लेखापरीक्षकलाई दिएको छैन ।

५. एकजनालाई एक छाकमा तीन हजार आठ सयको खाजा

आयोगको आफ्नै नियमअनुसार एकजना पाहुनाका लागि स्तरअनुसार १५० देखि पाँच सय रुपैयाँसम्म खाजामा खर्च गर्न मिल्छ । १० वैशाख ०७४ मा होटेल यल्लो प्यागोडामा आयोजित दलका प्रतिनिधिसँग छलफल कार्यक्रममा विभिन्न दलका १९७ प्रतिनिधि सहभागी थिए ।

कार्यविधिअनुसार अधिकतम ५ सय खर्च गर्दा पनि ९८ हजार रुपैयाँ खर्च हुनेमा सात लाख ५३ हजार खर्च देखाइएको छ । यसो गर्दा एक प्रतिनिधिले एक छाकमा तीन हजार ८२२ रुपैयाँको खाजा खाएका छन् । यस्ता अन्य कार्यक्रममा तीन लाख खर्च हुनुपर्नेमा १३ लाख खर्च देखाइएको छ ।

६. नमुना मतपत्र छपाइमा पनि अनियमितता

मतपत्र छाप्न निर्वाचन आयोगले जनक शिक्षालाई ४५७ मेट्रिक टन कागजको मूल्य र छपाइको मूल्य अलग–अलग तिर्ने सम्झौता भएको थियो । तर, नमुना मतपत्रका लागि भने कागजसहितको एकमुष्ट रकम १८ लाख ९३ हजार भुक्तान भएको थियो । तर, पछि आयोगले मतपत्र छपाइको रकम भुक्तान गर्दा नमुना मतपत्रका लागि कागज किन्न भनेर अतिरिक्त पाँच लाख ४५ हजार रुपैयाँ पनि भुक्तान गरेको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Netra Ghimire

    देशै भ्रस्टाचारिहरुकाे हातमा छ

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मर्म बहुउद्देश्यीय सहकारीले पोलीक्लिनिक संचालन गर्ने
मर्म बहुउद्देश्यीय सहकारीले पोलीक्लिनिक संचालन गर्ने
एशियन कप छनोट नेपाल र यमन भिड्ने
एशियन कप छनोट नेपाल र यमन भिड्ने
राजस्व बाँडफाँड अव्यावहारिक भयो, यसले ३ तहबीच टकराव ल्याउँछ-केपी ओली
राजस्व बाँडफाँड अव्यावहारिक भयो, यसले ३ तहबीच टकराव ल्याउँछ-केपी ओली
वाम एकता र ध्रुवीकरणले लोकतन्त्रमाथि नै प्रहार ः नेपाली काँग्रेस
वाम एकता र ध्रुवीकरणले लोकतन्त्रमाथि नै प्रहार ः नेपाली काँग्रेस
मुख्यमन्त्री राउतको चेतावनी : नागरिकता विद्येयकका प्रावधान नसच्याए आन्दोलनको आँधीबहेरी आउँछ
मुख्यमन्त्री राउतको चेतावनी : नागरिकता विद्येयकका प्रावधान नसच्याए आन्दोलनको आँधीबहेरी आउँछ
छठ पर्वको उल्लास सुरु, मुख्य विधि आजदेखि
छठ पर्वको उल्लास सुरु, मुख्य विधि आजदेखि
संचालनमा आएको एक महीनापछि तातोपानीबाट आयात शुरु
संचालनमा आएको एक महीनापछि तातोपानीबाट आयात शुरु
संविधानको कार्यान्वयनमा तीनवटै तहको सहकार्य आवश्यक : मुख्यमन्त्री पाण्डे
संविधानको कार्यान्वयनमा तीनवटै तहको सहकार्य आवश्यक : मुख्यमन्त्री पाण्डे
शंकास्पद अवस्थामा ४२ जना पक्राउ, गाँजा बरामद
शंकास्पद अवस्थामा ४२ जना पक्राउ, गाँजा बरामद
जुटको बोराको झोला भित्रबाट नियन्त्रित लागु औषध सहीत एक युवा पक्राउ
जुटको बोराको झोला भित्रबाट नियन्त्रित लागु औषध सहीत एक युवा पक्राउ

तपाईंले छुटाउनुभयो कि?