राष्ट्रिय सुरक्षा नीति २०७३ लाई परिमार्जन गरिने
सारांश
- काठमाडौं, १ असोज ।
- राष्ट्रिय सुरक्षा परिषद्ले “राष्ट्रिय सुरक्षा नीति २०७३”लाई संशोधन र परिमार्जन गर्ने भएको छ ।
- सिंहदरवारस्थित परिषद्को सचिवालय बैठक कक्षमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न बैठकमा राष्ट्रिय सुरक्षा नीतिलाई परिमार्जन गर्न समिति गठन गर्ने निर्णय भएको हो ।
काठमाडौं, १ असोज । राष्ट्रिय सुरक्षा परिषद्ले “राष्ट्रिय सुरक्षा नीति २०७३”लाई संशोधन र परिमार्जन गर्ने भएको छ । सिंहदरवारस्थित परिषद्को सचिवालय बैठक कक्षमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न बैठकमा राष्ट्रिय सुरक्षा नीतिलाई परिमार्जन गर्न समिति गठन गर्ने निर्णय भएको हो ।
रक्षा मन्त्रालयका प्रवक्ता ऋषि राजभण्डारीका अनुसार बैठकले उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा विभिन्न निकायका प्रतिनिधिहरू र विज्ञहरू सम्मिलित राष्ट्रिय सुरक्षा नीति २०७३ संशोधन÷परिमार्जनको प्रस्ताव तयार गर्न समिति गठन गर्ने निर्णय गरिएको हो । त्यसका साथै निकट भविष्यमा नेपालको ‘राष्ट्रिय सुरक्षा र हित’ विषयमा एक दिवसीय गोष्ठी आयोजना गर्ने निर्णय पनि गरिएको छ । त्यसैगरी परिवर्तित सन्दर्भमा राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको सुदृढिकरण गर्न यसको पुनर्संरचना गर्ने काम अगाडि बढाउने निर्णय पनि गरिएको छ ।
बैठकले संविधानको धारा २६६ (३) अनुसार राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने मस्यौदा प्रतिवेदन उपर छलफल गरी अन्तिम रूप दिने निर्णय पनि गरेको छ । प्रतिवेदनमा राष्ट्रिय सुरक्षा परिषद्ले सम्पादन गरेका कामहरु, परिषद सचिवालयबाट सम्पादन भएका कामहरु समेत उल्लेख भएका छन् । बैठकमा राष्ट्रिय सुरक्षा परिषद्का सदस्यहरू र सदस्य–सचिवको उपस्थिति थियो ।
प्रतिक्रिया