एमालेको केन्द्रीय कमिटी बैठकमा ११ वटा एजेण्डामा छलफल
सारांश
- नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठमा ११ वटा एजेण्डामा छलफल अघि बढाइएको छ बुधबारबाट काठमाडौंको बबरमहलमा सुरु भएको बैठकको अन्तिम दिन भोलि नौवटा एजेण्डामाथि छलफल हुने एमाले प्रचारप्रसार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
- ‘आजको बैठकमा ११ वटा एजेण्डा पेश भएको छ,’ उहाँले भन्नुभयो, ‘नौ वटा एजेण्डामा भोलि बस्ने बैठकमा छलफल हुन्छ ।
- ’ सात प्रदेशका प्रतिनिधिले संख्यात्मक र राजनीतिक प्रतिवेदन पेश गर्ने, पार्टी महासचिवले हेडक्वाटरको रिपोर्ट पेश गर्ने, अध्यक्षले राजनीतिक परिवर्तन बारे पार्टीको धारणा राख्ने एजेण्डामाथि बैठकमा छलफल भएको उहाँले बताउनुभयो ।
नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठमा ११ वटा एजेण्डामा छलफल अघि बढाइएको छ
बुधबारबाट काठमाडौंको बबरमहलमा सुरु भएको बैठकको अन्तिम दिन भोलि नौवटा एजेण्डामाथि छलफल हुने एमाले प्रचारप्रसार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
‘आजको बैठकमा ११ वटा एजेण्डा पेश भएको छ,’ उहाँले भन्नुभयो, ‘नौ वटा एजेण्डामा भोलि बस्ने बैठकमा छलफल हुन्छ ।’
सात प्रदेशका प्रतिनिधिले संख्यात्मक र राजनीतिक प्रतिवेदन पेश गर्ने, पार्टी महासचिवले हेडक्वाटरको रिपोर्ट पेश गर्ने, अध्यक्षले राजनीतिक परिवर्तन बारे पार्टीको धारणा राख्ने एजेण्डामाथि बैठकमा छलफल भएको उहाँले बताउनुभयो ।
यस्तै, विभागहरूको गठन, स्थानीय तहको निर्वाचनको लगि सिफारिस प्रक्रिया र मापदण्ड, स्थानीय निकायको घोषणापत्र तयारी गर्ने, पार्टी स्थापना दिवस मनाउने लगायतका एजेण्डामा पनि छलफल भइरहेको उहाँको भनाइ छ ।
बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको थियो ।
प्रतिक्रिया