राष्ट्रिय सुरक्षा नीति २०७३ लाई परिमार्जन गरिने

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन १, २०७५
|
|
१८ पटक हेरिएको
Shares
राष्ट्रिय सुरक्षा नीति २०७३ लाई परिमार्जन गरिने

सारांश

  • काठमाडौं, १ असोज ।
  • राष्ट्रिय सुरक्षा परिषद्ले “राष्ट्रिय सुरक्षा नीति २०७३”लाई संशोधन र परिमार्जन गर्ने भएको छ ।
  • सिंहदरवारस्थित परिषद्को सचिवालय बैठक कक्षमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न बैठकमा राष्ट्रिय सुरक्षा नीतिलाई परिमार्जन गर्न समिति गठन गर्ने निर्णय भएको हो ।

काठमाडौं, १ असोज । राष्ट्रिय सुरक्षा परिषद्ले “राष्ट्रिय सुरक्षा नीति २०७३”लाई संशोधन र परिमार्जन गर्ने भएको छ । सिंहदरवारस्थित परिषद्को सचिवालय बैठक कक्षमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न बैठकमा राष्ट्रिय सुरक्षा नीतिलाई परिमार्जन गर्न समिति गठन गर्ने निर्णय भएको हो ।

रक्षा मन्त्रालयका प्रवक्ता ऋषि राजभण्डारीका अनुसार बैठकले उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा विभिन्न निकायका प्रतिनिधिहरू र विज्ञहरू सम्मिलित राष्ट्रिय सुरक्षा नीति २०७३ संशोधन÷परिमार्जनको प्रस्ताव तयार गर्न समिति गठन गर्ने निर्णय गरिएको हो । त्यसका साथै निकट भविष्यमा नेपालको ‘राष्ट्रिय सुरक्षा र हित’ विषयमा एक दिवसीय गोष्ठी आयोजना गर्ने निर्णय पनि गरिएको छ । त्यसैगरी परिवर्तित सन्दर्भमा राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको सुदृढिकरण गर्न यसको पुनर्संरचना गर्ने काम अगाडि बढाउने निर्णय पनि गरिएको छ ।

बैठकले संविधानको धारा २६६ (३) अनुसार राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने मस्यौदा प्रतिवेदन उपर छलफल गरी अन्तिम रूप दिने निर्णय पनि गरेको छ । प्रतिवेदनमा राष्ट्रिय सुरक्षा परिषद्ले सम्पादन गरेका कामहरु, परिषद सचिवालयबाट सम्पादन भएका कामहरु समेत उल्लेख भएका छन् । बैठकमा राष्ट्रिय सुरक्षा परिषद्का सदस्यहरू र सदस्य–सचिवको उपस्थिति थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रम दिवसका दिन श्रममन्त्री विष्टले खाए ‘कसम’,
श्रम दिवसका दिन श्रममन्त्री विष्टले खाए ‘कसम’,
रियल मड्रिडको नाममा रोनाल्डोको भावुक पत्र (पूर्ण पत्रसहित)
रियल मड्रिडको नाममा रोनाल्डोको भावुक पत्र (पूर्ण पत्रसहित)
आचारसंहिताले सरकारलाई अप्ठेरो परेको छैन ः प्रधानमन्त्री देउवा
आचारसंहिताले सरकारलाई अप्ठेरो परेको छैन ः प्रधानमन्त्री देउवा
प्रधानन्यायाधीशको बचाऊ गर्दै डा. केसीलाई अनसन तोड्न आग्रह
प्रधानन्यायाधीशको बचाऊ गर्दै डा. केसीलाई अनसन तोड्न आग्रह
फाल्गुनन्द जयन्तीमा सार्वजनिक बिदा दिन माग
फाल्गुनन्द जयन्तीमा सार्वजनिक बिदा दिन माग
राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक आजै पारित गर्ने तयारी
राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक आजै पारित गर्ने तयारी
प्रधानमन्त्रीले अब टिम परिवर्तन गर्नुपर्छ : पौडेल
प्रधानमन्त्रीले अब टिम परिवर्तन गर्नुपर्छ : पौडेल
विकासका रुजु सूचीमार्फत परीक्षण गर्ने व्यवस्था मिलाउन सुशासन समितिद्वारा निर्देशन
विकासका रुजु सूचीमार्फत परीक्षण गर्ने व्यवस्था मिलाउन सुशासन समितिद्वारा निर्देशन
अमेरिकन पेस्तोल सहित संखुवासभाबाट २ जना पक्राउ
अमेरिकन पेस्तोल सहित संखुवासभाबाट २ जना पक्राउ
आइसिसी नयाँ वरियतामा पारस, सोमपाल र वसन्तको स्थान कति ?
आइसिसी नयाँ वरियतामा पारस, सोमपाल र वसन्तको स्थान कति ?

तपाईंले छुटाउनुभयो कि?