ईयूको प्रतिवेदनप्रति रवीन्द्र मिश्रको कडा टिप्पणी, ‘पश्चिमा राष्ट्र विष चुहाउँदै हिँडेका छन्’

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १३, २०७४
|
|
१५ पटक हेरिएको
Shares
ईयूको प्रतिवेदनप्रति रवीन्द्र मिश्रको कडा टिप्पणी, ‘पश्चिमा राष्ट्र विष चुहाउँदै हिँडेका छन्’

सारांश

  • काठमाडौं : विवेकशील साझा पार्टीका संयोज रवीन्द्र मिश्रले युरोपियन (ईयू) को प्रतिवेदनप्रति कडा टिप्पणी गरेका छन्।
  • उनले पश्चिमा राष्ट्र र अन्तराष्ट्रिय संगठनलाई विषका थोपा चुहाउँदै हिँड्नको संज्ञा दिँदै ईयूको प्रतिवेदनको विरोध गरेका हुन्।
  • मिश्रले ट्विटरमा पश्चिम राष्ट्र र अन्तराष्ट्रिय संगठनकै कारण कयौँ अफ्रिकी र एसियाली देशका समस्या अझ जटिल बन्दै गएको उल्लेख गरेका छन्।

काठमाडौं : विवेकशील साझा पार्टीका संयोज रवीन्द्र मिश्रले युरोपियन (ईयू) को प्रतिवेदनप्रति कडा टिप्पणी गरेका छन्। उनले पश्चिमा राष्ट्र र अन्तराष्ट्रिय संगठनलाई विषका थोपा चुहाउँदै हिँड्नको संज्ञा दिँदै ईयूको प्रतिवेदनको विरोध गरेका हुन्।

मिश्रले ट्विटरमा पश्चिम राष्ट्र र अन्तराष्ट्रिय संगठनकै कारण कयौँ अफ्रिकी र एसियाली देशका समस्या अझ जटिल बन्दै गएको उल्लेख गरेका छन्।। उनले पश्चिमा देशले असल रुप देखाए पनि विषका थोपा चुहाउन खप्पिस भएको टिप्पणी गरेका हुन्।

‘विषका थोपा चुहाउँदै हिँड्नेहरू, पश्चिमा राष्ट्र र अन्तराष्ट्रिय संगठनहरू आफूलाई चेतनशील भन्नेले भरिएको छ। तर, तीमध्ये कति कयौं अफ्रिकी र एशियाली देशका समस्यालाई जटिल बनाउन जिम्मेवार छन्’, मिश्रले ट्विटरमा लेखेका छन्, ‘किनभने, ती असल देखिँदै विषका थोपा चुहाउन खप्पिस छन्। ईयूको प्रतिवेदन पनि त्यही नै हो।’

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Anil Neupane

    That’s 100% true

    Comment Author

    Man Bahadur Lama

    Need to kick them off the country immediately.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?