कपास उद्योगको मेशिन प्रयोगविहीन, भवन जीर्ण

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ४, २०७५
|
|
१८ पटक हेरिएको
Shares
कपास उद्योगको मेशिन प्रयोगविहीन, भवन जीर्ण

सारांश

  • बाँके, ४ असोज  ।
  • कपास प्रशोधनका लागि सरकारी लगानीमा कपास विकास समिति खजुराले खरीद गरेका चार वटा अत्याधुनिक जिनिङ मेशिन प्रयोगविहीन रहेका छन्् ।
  • समितिमा रहेका पाँचमध्ये अहिले एउटा मात्रै मेशिन चलिरहेको छ ।

बाँके, ४ असोज  ।कपास प्रशोधनका लागि सरकारी लगानीमा कपास विकास समिति खजुराले खरीद गरेका चार वटा अत्याधुनिक जिनिङ मेशिन प्रयोगविहीन रहेका छन्् ।समितिमा रहेका पाँचमध्ये अहिले एउटा मात्रै मेशिन चलिरहेको छ । कपडा र धागो उद्योग बन्द भएसँगै कपास बिक्री घटेको र थोरै मात्रामा उत्पादित कपास प्रशोधनका लागि आवश्यक कच्चा पदार्थको अभावमा खजुरामा रहेका अत्याधुनिक मेशिन प्रयोगविहीन रहेको कपास विकास समितिका निमित्त प्रमुख विजयकुमार जोशीले बताउनुभयो ।

बाँके, बर्दिया, दाङलगायतका क्षेत्रमा उत्पादित कपासलाई खजुरामा प्रशोधन गर्न सरकारले २०४४ सालमा ती मेशिन खरीद गरेको थियो । ३१ वर्षअघि रु एक करोड मूल्य परेका ती मेशिन कपासकै अभावमा प्रयोगमा आउन नसक्दा जीर्ण भइसकेको जोशी बताउनुहुन्छ ।दश बिगाहा जमीनमा फैलिएको कपास विकास समितिमा अहिले पनि प्रशोधनशाला र आधुनिक गोदाम रहेको छ तर कच्चा पदार्थको अभावमा प्रशोधनशाला सदुपयोग हुन सकेको छैन भने गोदाममा बिक्री हुन नसकेको २१३ मेट्रिक टन कपास थन्काइएको छ ।

दाङमा उत्पादित कपास आएको बेला अहिले प्रशोधन केन्द्रमा एउटा जिनिङ मेशिन कहिलेकाहीँ चल्ने गरेको बताउँदै निमित्त प्रमुख जोशीले यो मेशिनले प्रतिघण्टा आठ क्विन्टल कपास प्रशोधन गर्छ भन्नुभयो ।

दुई वर्षदेखि निमित्तको भर

कपास विकास समिति दुई वर्षदेखि कार्यकारी प्रमुखसहित पाँच जनाको दरबन्दी खाली रहेको छ । दुई वर्षयता समिति निमित्तको भरमा चलिरहेको छ । समितिमा अहिले पनि प्रमुख कार्यकारी, नायब कार्यकारी प्रमुख, दुई जना अधिकृत र एक जना कार्यालय सहयोगीको पद खाली रहेको निमित्त प्रमुख जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?