बस र ट्रक एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु, २७ घाइते

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष ४, २०८०
|
|
३० पटक हेरिएको
Shares
बस र ट्रक एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु, २७ घाइते

सारांश

  • बारा ।
  • बारामा यात्रुवाहक बस र ट्रक एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।
  • कांकड्भिट्टाबाट काठमाडौँ जाँदै गरेको बा ३–००१ ख २५८७ नंको बस र हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको ना७ख ७३०० नंको ट्रक अमलेखगञ्जस्थित तीन नम्बर पुल नजिक आज विहान एकापसमा ठोक्किएका थिए ।

बारा । बारामा यात्रुवाहक बस र ट्रक एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । कांकड्भिट्टाबाट काठमाडौँ जाँदै गरेको बा ३–००१ ख २५८७ नंको बस र हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको ना७ख ७३०० नंको ट्रक अमलेखगञ्जस्थित तीन नम्बर पुल नजिक आज विहान एकापसमा ठोक्किएका थिए ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेका अनुसार सो दुर्घटनामा परी ट्रक चालक तनहुँ घर भएका २८ वर्षीय पूर्ण गुरुङ, बस चालक मकवानपुर हेटौँडाका ४० वर्षीय हरिशमशेर सुयाल थापा र अर्का सनाखत हुन नसकेका एक पुरुषको मृत्यु भएको हो ।

उनीहरूको हेटौँडामा उपचारका क्रममा मृत्यु भएको हो । घाइतेमध्ये सातजनाको अवस्था गम्भीर रहेकाले उपचारका लागि हेटाँैडा तथा चितवन मेडिकल कलेज पठाएको प्रहरीले जनाएको छ । अन्य २० जना सामान्य घाइतेको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?