गम्बु शेर्पाको वेलकम टु माई हार्ट सार्वजनिक (भिडियो )

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २०, २०७६
|
|
२४ पटक हेरिएको
Shares
गम्बु शेर्पाको वेलकम  टु माई हार्ट सार्वजनिक (भिडियो )

सारांश

  • काठमाडौं ।
  • राजधानीमा पत्रकार सम्मेलन गर्दै गायक गम्बु शेर्पाले नयाँ गीत ‘वेलकम माई हार्ट’ सार्बजनिक गरेका छन।

काठमाडौं । । राजधानीमा पत्रकार सम्मेलन गर्दै गायक गम्बु शेर्पाले नयाँ गीत ‘वेलकम माई हार्ट’ सार्बजनिक गरेका छन। आफ्नो नयाँ गीतको ‘वेलकम माइ हार्ट’ भिडियो समेत सार्वजनिक गरेको छ । आशुसेन लामाको शब्द तथा संगीतमा तयार भएको उक्त गीतमा रिकेश गुरुङको संगीत संयोजन रहेको छ । गायक गम्बु शेर्र्पाको स्वर रहेको यस गीतमा प्रकाश लामा र आशुसेन लामाको सहगायन रहेको छ ।
‘वेलकम माई हार्ट’ भिडियो युटुबमा सार्वजनीक भए यता दर्शकको संख्या पनि दिनानुदि बढ्दो छ भने आफुहरुले यस्तै खाले नेपाली गीत संगीतको अपेक्षा गरेको समेत व्यक्त गरेका छन्।
बिगत धेरै लामो समयदेखि गायन पेशालाइ अंगाल्दै आएका गम्बु शेर्पाको म्युजिक भिडियोमा प्रदीप लामाको निर्देशन रहेको छ भने कलाकारहरु प्रदीप लामा, अलिशा शर्मा, सरिता तामाङ,मन्जु तामाङ, श्रीजन रावल र अंकुश शाही रहेका छन् । त्यस्तै भिडियो सम्पादन पवन सुस्लिङ्गको रहेको छ भने प्रदीप लामाको कोरियोग्राफ रहेको छ । सहायक कोरियोग्राफर श्रीजन रावल रहेका छन् ।
सांगीतिक क्षेत्रमा मात्र नभई समाजसेवीका रुपमा परिचित गम्बु शेर्पाले अहिलेसम्म १३ वटा एल्बम बजारमा ल्याइसकेका छन् भने २ सयभन्दा बढी गीतमा स्वर दिइसकेका छन् ।

विगत १७ बर्ष देखि अमेरिकामा बस्दै आएका उनि फुड क्लोथ एजुकेशन डट ओ।आर।जी संस्थाका अद्ध्यक्ष रहि दिनदुःखी, अनाथ अपाङ्ग देखि कलाकारहरुलाई पनि सहयोग गर्दै आएका छन् भने अन्य थुप्रै सामाजिक सस्थामा आवद्द छन्।

(greenspringsschool.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?