रामबहादुर थापा र विष्णु पौडेल ले पाए यस्ताे जिम्मेवारि

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ८, २०७५
|
|
२९ पटक हेरिएको
Shares
रामबहादुर थापा र विष्णु पौडेल ले पाए यस्ताे जिम्मेवारि

सारांश

  • काठमाडौँ,८ कात्तिक ।
  • सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विहिबारको सचिवालय बैठकले दुई सदस्यीय कार्यदल गठन गरेको छ ।
  • कार्यदलमा महासचिव विष्णु पौडेल र सचिवालयका सदस्य रामबहादुर थापा रहेका छन् ।

काठमाडौँ,८ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विहिबारको सचिवालय बैठकले दुई सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा महासचिव विष्णु पौडेल र सचिवालयका सदस्य रामबहादुर थापा रहेका छन् । दुई सदस्यीय कार्यदलले नेकपाको प्रदेश कमिटीको पुर्णता साथै केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्ने छ । कार्यदलले प्रदेश कमिटीमा रहने सदस्यको टुङ्गो लगाय पछि सचिवालको अर्को बैठकमा पेश गर्ने छ ।

सचिवालयका एक सदस्यका अनुसार बैठकले तल्ला तहका कमिटीलाई पुर्णता दिने गरी कार्यदल गठन गरेको बताए । ‘दुई सदस्यीय कार्यदल गठन भएको छ । त्यो कार्यदलले प्रदेश कमिटीमा रहने सदस्यहरुको टुंगो लगाउँछ । त्यसपछि अर्को सचिवालय बैठकले अन्तिम रुप दिने छ ।’ ती नेताले भने, ‘त्यहि कार्यदललाई केन्द्रीय सदस्यहरुको कार्यविभिाजन गर्ने जिम्मा पनि दिइएको छ ।’

नेकपाको असोज ५ गते बसेको सचिवालय बैठकले प्रदेश कमिटीका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव यसअघि नै चयन गरिसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?