विचारको लडाईं लड्न बुद्धिजीवीलाई अध्यक्ष ओलीको आग्रह…

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १७, २०७३
|
|
११४ पटक हेरिएको
Shares
विचारको लडाईं लड्न बुद्धिजीवीलाई अध्यक्ष ओलीको आग्रह…

सारांश

  • नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बुद्धिजीवीले राष्ट्रियताका लागि विचारको लडाईं लड्नुपर्ने बेला आएको बताउनुभएको छ ।
  • एमाले स्कुल विभागद्वारा आज तुल्सीलाल स्मृति प्रतिष्ठान, ललितपुरमा ‘नेपाल बुद्धिजीवि परिषद्को प्रशिक्षण समापन’ कार्यक्रममा बोल्दै उहाँले नेपालको राष्ट्रिय सन्दर्भमा महाभारत खडा गर्न थालिएकाले बुद्धिजीवीले विचारको लडाईं लड्नु पर्ने बताउनु भयो ।
  • “अर्जुनसँग सधैँ धनुष हुन्थ्यो ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बुद्धिजीवीले राष्ट्रियताका लागि विचारको लडाईं लड्नुपर्ने बेला आएको बताउनुभएको छ ।

एमाले स्कुल विभागद्वारा आज तुल्सीलाल स्मृति प्रतिष्ठान, ललितपुरमा ‘नेपाल बुद्धिजीवि परिषद्को प्रशिक्षण समापन’ कार्यक्रममा बोल्दै उहाँले नेपालको राष्ट्रिय सन्दर्भमा महाभारत खडा गर्न थालिएकाले बुद्धिजीवीले विचारको लडाईं लड्नु पर्ने बताउनु भयो ।

“अर्जुनसँग सधैँ धनुष हुन्थ्यो । उनले धनुषको प्रयोग महाभारतमा मात्र गरे”– उहाँले भन्नुभयो, “तपाई बुद्धिजीवीसँग पनि धनुषको रुपमा विचार रहेको छ । देशमा पनि महाभारतको स्थिति खडा गरिँदैछ । तपाईँहरु पनि विचारको गान्डीव धनुष प्रयोग गर्नुहोस् ।”

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले नेपाल सार्वभौमसत्ता सम्पन्न देश भएकाले आफ्नो निर्णय आफैँ गर्न पाउनुपर्ने भएता पनि अहिले पाइलैपिच्छे हस्तक्षेप भइरहेको बताउनुभयो । उहाँले सरकार विदेशीलाई खुशी पार्न लागिपरेको आरोप पनि लगाउनुभयो ।

अध्यक्ष ओलीले आफू देश र जनताको पक्षमा रहेपनि नेपालका ठूला सञ्चारमाध्यम एमालेविरुद्धको प्रचार अभियानमा लागेको बताउनुभयो । “हामी सञ्चार क्षेत्रमा कमजोर छौँ । लगानी पनि छैन”– उहाँले भन्नुभयो, “हामीले भनिरहेको जस्तो भएको छैन । हाम्रा विपक्षमा सञ्चारमाध्यम लागेका छन् ।”

तीन दिनसम्म भएको प्रशिक्षणमा ४२ जनाको सहभागिता रहेको थियो । प्रशिक्षणमा १३ विषयमा प्रशिक्षण दिइएको स्कुल विभाग सचिव ईश्वरी रिजालले जानकारी गराउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मर्नुभन्दा अगाडि नै प्रकाश दाहाल आफैंले रंगीन ‘प्रोफाइल पिक्चर’ हटाएर फेसबुकमा ‘ब्ल्याक एण्ड ह्वाइट’ तस्वीर राखेका थिए
मर्नुभन्दा अगाडि नै प्रकाश दाहाल आफैंले रंगीन ‘प्रोफाइल पिक्चर’ हटाएर फेसबुकमा ‘ब्ल्याक एण्ड ह्वाइट’ तस्वीर राखेका थिए
ओलीलाई सरकारबाट फिर्ता बोलाउने सम्मको तयारी
स्टक क्लियरेन्स मेला सम्पन्न, ५० हजार बढीले गरे अवलोकन
स्टक क्लियरेन्स मेला सम्पन्न, ५० हजार बढीले गरे अवलोकन
तीनकुने हत्या प्रकरण : चारमध्ये तीन जना एकै परिवारका, सबैको सनाखत
तीनकुने हत्या प्रकरण : चारमध्ये तीन जना एकै परिवारका, सबैको सनाखत
जेठ १ गते कुन राशीलाई कस्तो छ ? थाहा पाउनुस्
पार्टी फुटाउन करोडौंको खेल, उपप्रधानमन्त्री पनि  दिने अफर  :  केपी ओली
पार्टी फुटाउन करोडौंको खेल, उपप्रधानमन्त्री पनि दिने अफर : केपी ओली
आइतबार अन्तर प्रदेश परिषद्को बैठक बस्दै
आइतबार अन्तर प्रदेश परिषद्को बैठक बस्दै
पुरुषका यी ७ कुरा हरेक युवतीलाई असाध्यै मन पर्छ
पुरुषका यी ७ कुरा हरेक युवतीलाई असाध्यै मन पर्छ
विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ नगर्न प्रधानमन्त्रीको निर्देशन
विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ नगर्न प्रधानमन्त्रीको निर्देशन
धर्मगुरु रहीमको पक्षमा गरिएको प्रदर्शनका क्रममा मृत्यु हुनेको सङ्ख्या २२ पुग्यो
धर्मगुरु रहीमको पक्षमा गरिएको प्रदर्शनका क्रममा मृत्यु हुनेको सङ्ख्या २२ पुग्यो

तपाईंले छुटाउनुभयो कि?