सरकारले ढुङ्गा, बालुवा र गिट्टीको उत्खनन् र बिक्री प्रक्रियाको नियमन गर्नका लागि अनुगमन समिती बनायो

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक १०, २०७५
|
|
३६ पटक हेरिएको
Shares
सरकारले ढुङ्गा, बालुवा र गिट्टीको उत्खनन् र बिक्री प्रक्रियाको नियमन गर्नका लागि अनुगमन समिती बनायो

सारांश

  • काठमाडौ।
  • सरकारले ढुङ्गा, बालुवा र गिट्टीको जथाभावी उत्खनन् र बिक्री भएकाले नियन्त्रण गर्नका लागि समिति गठन गरेको छ ।
  • सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ढुङ्गा, बालुवा र गिट्टीको उत्खनन्को नियमनका लागि जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा समिति गठन गरिएको मन्त्रालयका सहसचिव पुरुषोत्तम नेपालले जानकारी दिए ।

काठमाडौ।सरकारले ढुङ्गा, बालुवा र गिट्टीको जथाभावी उत्खनन् र बिक्री भएकाले नियन्त्रण गर्नका लागि समिति गठन गरेको छ ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ढुङ्गा, बालुवा र गिट्टीको उत्खनन्को नियमनका लागि जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा समिति गठन गरिएको मन्त्रालयका सहसचिव पुरुषोत्तम नेपालले जानकारी दिए ।

समितिको सदस्यमा समन्वय उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, प्रदेशअन्तर्गत जिल्ला वन, वातावरण तथा भूसंरक्षण अनुगमन समितिले तोकेको कार्यालय प्रमुख, इञ्जिनियर र जिल्ला समन्वय अधिकारी सदस्यसचिव रहने छन् ।

समितिले ढुङ्गा, बालुवा र गिट्टी उत्खनन्का सम्बन्धमा स्थानीय तहलाई आवश्यक निर्देशन दिनसक्ने सहसचिव नेपालले बताए ।

उनका अनुसार समितिले ढुङ्गा, बालुवा र गिट्टी उत्खनन् गर्दा वातावरणीय अध्ययन प्रतिवेदनको शर्तको परिपालना गरे–नगरेको, स्वीकृत, विधि प्रक्रिया परिमाणबमोजिम उत्खनन् र सङ्कलन भए–नभएको राजस्व चुहावट र चोरी निकासी भए–नभएको, ढुङ्गा, बालुवा र गिट्टीको मूल्य निर्धारण, क्रसर उद्योगले तोकेको मापदण्ड पूरा गरे–नगरेको जस्ता कार्य स्थानीय तह, उत्खनन् सङ्कलनकर्तालाई गराउनेछ ।समितिले दिएको निर्देशन पालना नगरे ढुङ्गा, बालुवा र गिट्टी उत्खनन्मा रोक लगाउने अधिकारसमेत दिइएको सहसचिव नेपालले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौंका एसएसपी पोखरेलको दिल्लीमा सरुवा !
काठमाडौंका एसएसपी पोखरेलको दिल्लीमा सरुवा !
मेवा बेचेर मासिक डेढ लाखआम्दानी
मेवा बेचेर मासिक डेढ लाखआम्दानी
सिसुवा पहिरोमा चारको जीवितै उद्धार,हराइरहेकाको पहिचान
सिसुवा पहिरोमा चारको जीवितै उद्धार,हराइरहेकाको पहिचान
प्रदेश नम्बर ५ मा राष्ट्रियसभा निर्वाचनको मतपरिणाम घोषणा : यी हुन् ८ सांसद
प्रदेश नम्बर ५ मा राष्ट्रियसभा निर्वाचनको मतपरिणाम घोषणा : यी हुन् ८ सांसद
सुकीको विरोध गरेको आरोपमा तीन पत्रकार पक्राउ !
सुकीको विरोध गरेको आरोपमा तीन पत्रकार पक्राउ !
एसिसी प्रिमियर कप क्रिकेट: नेपालले बहराइनलाई हरायो
एसिसी प्रिमियर कप क्रिकेट: नेपालले बहराइनलाई हरायो
यसकारण गोरखा–१ मा चीनकाजीभन्दा हरि अधिकारी निकै ‘दर्बिलो’
यसकारण गोरखा–१ मा चीनकाजीभन्दा हरि अधिकारी निकै ‘दर्बिलो’
मध्यपश्चिम विश्वविद्यालयको बेरुजु एक अर्ब
मध्यपश्चिम विश्वविद्यालयको बेरुजु एक अर्ब
प्रमुख दलहरु क्रमशः कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्र मधेशमा आफ्नो पार्टीलाई जसरी पनि पहिलो बनाउने रणनीतिमा
प्रमुख दलहरु क्रमशः कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्र मधेशमा आफ्नो पार्टीलाई जसरी पनि पहिलो बनाउने रणनीतिमा
मिटरब्याजीविरुद्ध मलङ्गवाबाट सबैभन्दा धेरै उजुरी
मिटरब्याजीविरुद्ध मलङ्गवाबाट सबैभन्दा धेरै उजुरी

तपाईंले छुटाउनुभयो कि?