प्रधानमन्त्री कप महिला क्रिकेट गरिने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ १०, २०७६
|
|
३६ पटक हेरिएको
Shares
प्रधानमन्त्री कप महिला क्रिकेट गरिने

सारांश

  • राष्ट्रिय खेलकूद परिषद् राखेपको आयोजना तथा महाकाली स्पोट्र्स सोसाइटीको व्यवस्थापनमा यसै महिना प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगिता हुनेभएको छ ।
  • यही जेठ २८ गतेदेखि शुरु हुने उक्त प्रतियोगिता कञ्चनपुरको महेन्द्रनगरमा आयोजना हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महाकाली स्पोट्र्स सोसाइटीका अध्यक्ष सुमन भट्टले जानकारी दिनुभयो ।
  • प्रतियोगिता सात दिनसम्म चल्नेछ ।

राष्ट्रिय खेलकूद परिषद् राखेपको आयोजना तथा महाकाली स्पोट्र्स सोसाइटीको व्यवस्थापनमा यसै महिना प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगिता हुनेभएको छ ।

यही जेठ २८ गतेदेखि शुरु हुने उक्त प्रतियोगिता कञ्चनपुरको महेन्द्रनगरमा आयोजना हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महाकाली स्पोट्र्स सोसाइटीका अध्यक्ष सुमन भट्टले जानकारी दिनुभयो । प्रतियोगिता सात दिनसम्म चल्नेछ । उहाँका अनुसार प्रतियोगितामा सात प्रदेश र एक विभागीय टोलीसहित आठ टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा हरेक दिन दुई खेल हुनेछन् ।

तियोगिताको विजेता टोलीले रु पाँच लाख र उपविजेताले रु तीन लाख पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले स्कुटर पाउने छन् । राखेपका सदस्य–सचिव केशवकुमार विष्टले पुरुष र महिला क्रिकेट प्रतियोगिताको पुरस्कार राशिमा भेदभाव हुने गरेको भन्दै आगामी संस्करणका प्रतियोगितामा पुरस्कार राशि समान गर्न प्रयास गरिने बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?