मध्यपश्चिम विश्वविद्यालयको बेरुजु एक अर्ब

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन २७, २०८०
|
|
४८ पटक हेरिएको
Shares
मध्यपश्चिम विश्वविद्यालयको बेरुजु एक अर्ब

सारांश

  • कर्णाली ।
  • एक दशकको अवधिमा मध्यपश्चिम विश्वविद्यालयको बेरुजु रु एक अर्ब १२ करोड ५८ लाख ७७ हजार पुगेको छ ।
  • विश्वविद्यालय प्रशासनले सुर्खेतको वीरेन्द्रनगरस्थित शुक्रबार केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन कार्यक्रममार्फत बेरुजु अवस्था सार्वजनिक गरेको हो ।

कर्णाली । एक दशकको अवधिमा मध्यपश्चिम विश्वविद्यालयको बेरुजु रु एक अर्ब १२ करोड ५८ लाख ७७ हजार पुगेको छ । विश्वविद्यालय प्रशासनले सुर्खेतको वीरेन्द्रनगरस्थित शुक्रबार केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन कार्यक्रममार्फत बेरुजु अवस्था सार्वजनिक गरेको हो ।

विश्वविद्यालयका रजिष्ट्रार प्रा डा नारायणप्रसाद पौडेलले स्थापना कालमा उपकुलपति प्रा डा पदमलाल देवकोटा र रजिष्ट्रार सह–प्रा डा ठगेन्द्रप्रसाद गिरी हुँदाका बखत आव २०६८/६९ मा रु ८३ लाख ९८ हजार तथा आव २०७८/७९ सम्ममा रु एक अर्ब १२ करोड ५७ लाख पुगेको बताए ।

“यसमा असुलउपर र सैद्धान्तिक एवं प्रक्रियागत बेरुजु परेको छ”, रजिष्ट्रार पौडेलले भने । वीरबहादुर पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो । उनले असुलउपर गर्ने बेरुजुमा रु ६३ लाख ६६ हजार ९६४ मा केही प्रतिशत मात्र असुल भएको बताए । रजिष्ट्रार पौडेलका अनुसार रु १२ करोड ४० लाख ५१ हजार बेरुजु सम्परीक्षण गरिएको छ । अझै करिब रु एक अर्ब बेरुजु विश्वविद्यालयले फछ्र्योट गर्न बाँकी छ ।

आर्थिक वर्ष २०७५/७६ मा उपकुलपति प्रा डा उपेन्द्रकुमार कोइराला र रजिष्ट्रार डा महेन्द्रकुमार मल्लको पदावधिमा सबैभन्दा बढी रु ४० करोड ५९ लाख ६० हजार (३६.०४) प्रतिशत बेरुजु आएको उनले बताए । यहाँ असुलउपर गर्नुपर्ने बेरुजु पनि रहेको उनको भनाइ थियो । विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले करिब १३ वर्षको बेरुजुलाई सबै आफ्नो पालामा गरेकोजस्तो गरेर सामाजिक सञ्जाल तथा समाचार माध्यमबाट आएपछि त्यसको भ्रम हटाउन पत्रकार सम्मेलन कार्यक्रम गरिएको बताए ।

(punandjokes.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चक्रपथ विस्तारका लागि राजधानीमा विद्युत् कटौती
चक्रपथ विस्तारका लागि राजधानीमा विद्युत् कटौती
पर्यटकको रोजाइमा कञ्चनजङ्घा क्षेत्र
पर्यटकको रोजाइमा कञ्चनजङ्घा क्षेत्र
विज्ञान र प्रविधिलाई मानव जीवनको सुख र खुशीयालीसँग जोड्नुपर्दछ : प्रधानमन्त्री ओली
विज्ञान र प्रविधिलाई मानव जीवनको सुख र खुशीयालीसँग जोड्नुपर्दछ : प्रधानमन्त्री ओली
बलात्कारको आरोपमा शम्शेर पक्राउ
बलात्कारको आरोपमा शम्शेर पक्राउ
पुस ३ गते शुक्रवारको राशिफल यस्तो छ
पुस ३ गते शुक्रवारको राशिफल यस्तो छ
कांग्रेसको नेतृत्वमा सरकार बनाउने सल्लाह भैसकेको छ : प्रधानमन्त्री देउवा
कांग्रेसको नेतृत्वमा सरकार बनाउने सल्लाह भैसकेको छ : प्रधानमन्त्री देउवा
कोसी प्रदेशमा को बन्दैछ नयाँ मुख्यमन्त्री ?
कोसी प्रदेशमा को बन्दैछ नयाँ मुख्यमन्त्री ?
संसद बैठकमा प्रयोग भएका असंसदीय शब्द रेकर्डबाट हटाउन निर्देशन
संसद बैठकमा प्रयोग भएका असंसदीय शब्द रेकर्डबाट हटाउन निर्देशन
सट्टेबाज खेलाउने र प्रमोसन गर्नेविरुद्ध कारबाही तीव्र, बल्छी  ध्रुबे र राजु मास्टर पक्राउ
सट्टेबाज खेलाउने र प्रमोसन गर्नेविरुद्ध कारबाही तीव्र, बल्छी ध्रुबे र राजु मास्टर पक्राउ
मदन भण्डारी गोल्डकप फुटबलको उपाधि रुस्लान थ्री स्टारको हातमा
मदन भण्डारी गोल्डकप फुटबलको उपाधि रुस्लान थ्री स्टारको हातमा