सुकीको विरोध गरेको आरोपमा तीन पत्रकार पक्राउ !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन २५, २०७५
|
|
३१ पटक हेरिएको
Shares
सुकीको विरोध गरेको आरोपमा तीन पत्रकार पक्राउ !

सारांश

  • याङ्गुन, २४ असोज ।
  • म्यानमारको प्रहरीले बुधबार तीन जना पत्रकारलाई पक्राउ गरेको छ ।
  • म्यानमारकी शीर्ष नेत्री आङ साङ सुकीको संरक्षकत्वमा रहेको सरकारको आर्थिक व्यवस्थापनका बारेमा पत्रिकामार्फत आलोचना गरेपछि उनीहरूलाई पक्राउ गरिएको हो ।

याङ्गुन, २४ असोज । म्यानमारको प्रहरीले बुधबार तीन जना पत्रकारलाई पक्राउ गरेको छ । म्यानमारकी शीर्ष नेत्री आङ साङ सुकीको संरक्षकत्वमा रहेको सरकारको आर्थिक व्यवस्थापनका बारेमा पत्रिकामार्फत आलोचना गरेपछि उनीहरूलाई पक्राउ गरिएको हो । म्यानमारमा भएको यस घटनालाई प्रेस स्वतन्त्रता विपरित भएको भन्दै देशभित्र र बाहिर व्यापक विरोध भएको समाचारमा जनाइएको छ । अधिकारवादीहरूले पक्राउ गरिएकालाई तत्काल विना शर्त रिहा गर्नुपर्ने माग गर्दै सरकार र सरोकारवालाहरूलाई दबाब दिएका छन् ।

पक्राउ पर्नेमा इलेभन मिडिया ग्रुपका पत्रकारहरू रहेका छन् । उनीहरूले शृङ्खलाबद्ध रूपमा सरकारका कमीकमजोरी र पत्रकारिता क्षेत्रमाथि भएका हस्तक्षेपको विपक्षमा लेख्दै आएका थिए । इलेभन मिडियाका कार्यकारी सम्पादकद्वय क्याब जाब लिन र नायी मिन र प्रमुख समाचारदाता फ्यो वाई बिनलाई प्रहरीले पक्राउ गरेको हो । यही सोमबार प्रकाशित एउटा लेखका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको पक्राउ परेका पत्रकारहरूको पक्षका वकिल क्यी मयीन्टले जानकारी दिए । यसअघि म्यानमारको एक अदालतले दुई पत्रकारलाई सात वर्षको जेल सजाय तोकेको थियो । राज्यको कानून उलङ्घन गरेको भन्दै उनीहरूलाई सजायको आदेश दिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देशको अर्थतन्त्रमा गम्भीर दुर्घटना हुने अवस्थामा : पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे
देशको अर्थतन्त्रमा गम्भीर दुर्घटना हुने अवस्थामा : पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे
तनहुँका दुवै क्षेत्रमा वाम गठबन्धन अगाडि, रामचन्द्र पौडेल एक हजार मतले पछाडि
तनहुँका दुवै क्षेत्रमा वाम गठबन्धन अगाडि, रामचन्द्र पौडेल एक हजार मतले पछाडि
एउटै वडाबाट १५ करोडको आलु निर्यात
एउटै वडाबाट १५ करोडको आलु निर्यात
एकै पटक ३० जना सचिवको सरुवा, को कहाँ ?
एकै पटक ३० जना सचिवको सरुवा, को कहाँ ?
कम्बोडियाका प्रधानमन्त्रीलाई पुर्याएर फर्किएको कारगेड दुर्घटनामा
कम्बोडियाका प्रधानमन्त्रीलाई पुर्याएर फर्किएको कारगेड दुर्घटनामा
म कास्मिरमा गोली र गालीबाट हैन, गला मिलाएर अगाडि बढ्नेछु: माेदी
पाँचथरबाट एमालेको एक सिट थपियो : आङदेम्बेलाई साढे १० हजार मतले हराउँदै नेम्बाङ्ग विजयी
पाँचथरबाट एमालेको एक सिट थपियो : आङदेम्बेलाई साढे १० हजार मतले हराउँदै नेम्बाङ्ग विजयी
सरकारले गठन ग-यो एक उच्चस्तरीय वार्ता टोली
सरकारले गठन ग-यो एक उच्चस्तरीय वार्ता टोली
आज साउनको पहिलो सोमबार, बिहानैदेखि पशुपतिमा भिड
आज साउनको पहिलो सोमबार, बिहानैदेखि पशुपतिमा भिड
फाइनल खेलमा युएईसँग नेपाल पराजित
फाइनल खेलमा युएईसँग नेपाल पराजित

तपाईंले छुटाउनुभयो कि?