‘नो हर्न’ को लागि पोखराका १०१ स्थानमा होडिङ बोर्ड राखिने

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २१, २०७४
|
|
२२ पटक हेरिएको
Shares
‘नो हर्न’ को लागि पोखराका १०१ स्थानमा होडिङ बोर्ड राखिने

सारांश

  • साउन १ गतेदेखि हर्न निषेधित गर्न लागिएको पोखरा लेखनाथ महानगरपालिका भित्र जनचेतनाको लागि सय भन्दा बढी स्थानमा होडिङ बोर्ड राखिने भएको छ ।
  • हर्न निषेधित क्षेत्र घोषणा गर्नुअघि असार ३० गतेसम्म महानगरका विभिन्न १०१ स्थानमा जनचेतनामुलक होडिङ बोर्ड राख्न लागिएको हो ।
  •   त्यसका लागि स्थान पहिचान गरी ट्राफिक प्रहरीले महानगरपालिकालाई वोर्ड राख्ने स्थानहरुको सूचि समेत बुझाइसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका सुचना अधिकृत प्रहरी नायब निरिक्षक शिब थापाले जानकारी दिए ।

साउन १ गतेदेखि हर्न निषेधित गर्न लागिएको पोखरा लेखनाथ महानगरपालिका भित्र जनचेतनाको लागि सय भन्दा बढी स्थानमा होडिङ बोर्ड राखिने भएको छ । हर्न निषेधित क्षेत्र घोषणा गर्नुअघि असार ३० गतेसम्म महानगरका विभिन्न १०१ स्थानमा जनचेतनामुलक होडिङ बोर्ड राख्न लागिएको हो ।

 

त्यसका लागि स्थान पहिचान गरी ट्राफिक प्रहरीले महानगरपालिकालाई वोर्ड राख्ने स्थानहरुको सूचि समेत बुझाइसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका सुचना अधिकृत प्रहरी नायब निरिक्षक शिब थापाले जानकारी दिए । नगर क्षेत्रका मुख्य सबै चोकहरु हर्न निषेध वोर्ड राखिने उनले बताए । साथै प्रत्येक नगर वस तथा अन्य सवारीमा हर्न निषेध गरिएको स्टिकर तयार गरी टासिने समेत थापाले बताए ।

 

महानगरपालिकामा असार १५ गते बसेको सर्वपक्षीय बैंठकले हर्न निषेध गर्ने निर्णय गरेको थियो । जस अनुसार साउन १ गतेदेखि पोखरा लेखनाथ महानगरपालिकाको मुख्य बजार क्षेत्रमा हर्न बजाएमा कारवाहीमा परिनेछ ।

 

बैंशाख १ गतेदेखि काठमाडौं उपत्यका भित्र हर्न वजाउन नपाइने नियम लागू गरिएपछि पोखरामा पनि त्यो नियम लागू गर्न लागिएको हो । यो नियम लागू भएपछि आकस्मिक बाहेक अन्य अबस्थामा हर्न बजाउन पाइने छैन । महानगरपालिकाका प्रमुख मान बहादुर जिसीले आगामी साउन १ गतेदेखि पोखरा लेखनाथ महानगरलाई हर्न बजाउन नपाइने महानगरको रुपमा विकास गर्न लागिएको र सोहि अनुसार प्रचारप्रसारको काम सुरु गरिएको बताए ।

 

यो नियम एम्बुलेन्स, सुरक्षाकर्मी, शव बाहन, दमकललगायत आकस्मिक प्रयोजनमा कुद्ने सवारीका हकमा लागू हुनेछैन । गम्भिर दुर्घटना हुने गरी खतरा भएमा र सवारी गुडिरहँदा सडकको एक भागबाट अर्कोभाग नदेखिने मोड आएमा मात्रै हर्न बजाउन पाइनेछ । यस्ता जोखिमयुक्त मोडहरुमा पनि प्रेसर हर्न बजाउन पाइने छैन ।

 

अनावश्यक रुपमा हर्न बजाए ट्राफिक प्रहरी र यातायात ब्यवस्था विभागले ५ सय रुपैयाँसम्म जरिवाना गर्नेछ । यस्ता कारवाहीको रेकर्ड पनि राखिने छ । दोस्रोपटक पनि हर्न बजाएको कारवाहीमा परे १ हजार रुपैयाँ र तेस्रोपटक कारवाहीमा पर्दा १५ सय रुपैयाँसम्म जरिवाना तिर्नुपर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?