मेवा बेचेर मासिक डेढ लाखआम्दानी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ६, २०८०
|
|
२८ पटक हेरिएको
Shares
मेवा बेचेर मासिक डेढ लाखआम्दानी

सारांश

  • मन्थली ।
  • रामेछाप जिल्लामा पहिलो पटक व्यावसायिक अनारखेती गरेर ‘अनार बाजे’को नामले चिनिएका हिरालाल आचार्यले मेवा बेचेर मासिक रू एक लाख ५० हजार आम्दानी गर्छन ।
  • अनारमा भन्दाबढी मेवामा फाइदा हुने भएपछि आफू मेवाखेतीतर्फ आकर्षित भएको कृषक आचार्यले बताए ।

मन्थली । रामेछाप जिल्लामा पहिलो पटक व्यावसायिक अनारखेती गरेर ‘अनार बाजे’को नामले चिनिएका हिरालाल आचार्यले मेवा बेचेर मासिक रू एक लाख ५० हजार आम्दानी गर्छन ।

अनारमा भन्दाबढी मेवामा फाइदा हुने भएपछि आफू मेवाखेतीतर्फ आकर्षित भएको कृषक आचार्यले बताए । रामेछाप नगरपालिका–८ स्थित सुकाजोर खोला विगत २० वर्षदेखि मरुभूमिमा परिणत भएपछि उक्त बगरमा करिब पाँच सय मेवाका बोट लगाइएको उनले बताए । सबै खर्च कटाएर वार्षिक आम्दानी रू १८ लाखसम्म हुने गरेको उनले जानकारी दिए ।

आचार्यले मेवाखेतीभित्र कागतीसँगै केरा पनि लगाएका छन् । उनका अनुसार कागतीले उत्पादन दिन थालिसकेको छ भने केरा पनि पसाउन लागेको छ । हरियाली समृद्ध कृषक समूहको नामबाट उनले दुई वर्षअघिदेखि सुरु गर्नुभएको मेवाखेतीबाट लाखौँ आम्दानी गर्न लागेका हुन् ।

कृषक आचार्यले भने, “पाँच किलोको एउटै मेवा फल्ने र एउटा बोटमा एक सय ५० केजीसम्म फल्ने गरेको छ । यसको होलसेल मूल्यमा रू एक सय २० प्रतिकिलो बिक्री हुने गरेको छ ।” एउटै बोटमा उत्पादन भएको मेवाबाट १८ हजारसम्म कमाइ हुने गरेको उनले बताए ।

बढ्दो वैदेशिक रोजगारीमा जाने युवालाई जाँगर भए स्वदेशमै केही गर्न र विदेशको जति कमाउन सकिन्छ भनेर सन्देश दिन आफूले मेवा खेती गरेको आचार्यको भनाइ थियो । उनले भने, “अरु रोजगारीका लागि विदेश जान्छन् । म चाहिँ जिल्ला वन कार्यालयको स्थायी जागिर छाडेर कृषिकर्ममा लागेँ । काम गर्दा शरीरमा रोग पनि नलाग्ने र आफूले गरेको मेहनतको फल चाँडै प्राप्त हुने भएकाले आफू यस प्रकारका फलफूल खेतीतर्फ लागेको हुँ ।”

आफूजस्ता कृषकलाई राज्यले पनि विशेष सहयोग तथा अनुदान दिनुपर्नेमा आचार्यले जोड दिए । नमुनाका रुपमा युवालाई यस्ता फार्मको अवलोकन गराएर आफ्ना अनुभवन साटासाट गर्न सकिने उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्रम्पको विदेश नीतिप्रति धेरै अमेरिकी विपक्षमा
ट्रम्पको विदेश नीतिप्रति धेरै अमेरिकी विपक्षमा
राष्ट्रपति द्वारा क्रिकेट खेलाडी सम्मानित, सरकारले खेलाडीकाे जीवन निर्वाहको सुनिश्चितता प्रदान गर्न राष्ट्रपतिकाे अाग्रह !
राष्ट्रपति द्वारा क्रिकेट खेलाडी सम्मानित, सरकारले खेलाडीकाे जीवन निर्वाहको सुनिश्चितता प्रदान गर्न राष्ट्रपतिकाे अाग्रह !
हरेक दिन पेन्टी फेर्नुपर्छ !
हरेक दिन पेन्टी फेर्नुपर्छ !
नेपालले आयरल्यान्डलाई दियो २६९ को लक्ष्य
नेपालले आयरल्यान्डलाई दियो २६९ को लक्ष्य
Approaches to Look For Enhance Women
कोरोनाको युद्ध जितेर घर फर्किइन् दोस्रो संक्रमित युवती
कोरोनाको युद्ध जितेर घर फर्किइन् दोस्रो संक्रमित युवती
किर्तिपुरमा पर्यटक प्रवद्र्धन गर्न योजनाबद्ध प्रयासको खाँचाे
किर्तिपुरमा पर्यटक प्रवद्र्धन गर्न योजनाबद्ध प्रयासको खाँचाे
प्रथम अन्तर्राष्ट्रिय भेट्रान कप शुरु
प्रथम अन्तर्राष्ट्रिय भेट्रान कप शुरु
महत सहभागी कार्यक्रममा झडप, ४७ राउन्ड गोली प्रहार, एक प्रहरीसहित सात घाइते f
महत सहभागी कार्यक्रममा झडप, ४७ राउन्ड गोली प्रहार, एक प्रहरीसहित सात घाइते f
लुम्बिनीको मायादेवी मन्दिरमा प्रयोग भएका ढुङ्गा-इँटा सोनवागढ उत्खननमा फेला
लुम्बिनीको मायादेवी मन्दिरमा प्रयोग भएका ढुङ्गा-इँटा सोनवागढ उत्खननमा फेला

तपाईंले छुटाउनुभयो कि?