बालुवाटारबाटै प्रधानमन्त्री अाेलीले देश चलाउने

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १८, २०७५
|
|
२९ पटक हेरिएको
Shares
बालुवाटारबाटै प्रधानमन्त्री अाेलीले देश चलाउने

सारांश

  • काठमाडौं, १८ कात्तिक ।
  • प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिन अस्पताल बसेर बालुवाटार फर्किएसँगै काममा व्यस्त छन् ।
  • सरकारको काम पनि उनले बालुवाटारबाटै सञ्चालन गरिरहेका छन्।

काठमाडौं, १८ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिन अस्पताल बसेर बालुवाटार फर्किएसँगै काममा व्यस्त छन् । सरकारको काम पनि उनले बालुवाटारबाटै सञ्चालन गरिरहेका छन्।२०६२/०६३ सालमा तत्कालिन् प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले बालुवाटारबाटै सरकारका कामकारबाही सञ्चालन गरेझैं अब ओलीले पनि केही समय बालुवाटारमै बसेर सरकारका काम सञ्चालन गर्ने बुझिएको छ ।

प्रधानमन्त्री ओली पूर्ण स्वस्थ भएपनि केही समय भेटघाट तथा भीडभाडबाट टाढै बस्ने बुझिएको छ । उनले पार्टीको सचिवालयका सदस्यबाहेक केही समय अरुलाई नभेट्ने मनशाय बनाएका छन् । ओलीले कार्यतालिका बनाएर काम सुरु गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?