श्रीदेवी अहिले जीवित रहेको भए…
सारांश
- पछिल्लो १५ वर्षमा मात्रै दुईवटा चलचित्रमा काम गरे पनि श्रीदेवीका शुभचिन्तक र फ्यानहरुको कमी छैन ।
- उनी जीवित रहेको भए आज (अगस्ट १३) का दिन ५५ वर्षकी हुने थिइन् ।
- श्रीदेवी ती खास अभिनेत्रीमा रहिन् जसले लिङ्ग र भाषाको सीमा पार गरिन् अनि हिन्दी, तमिल, तेलुगूसहितका भाषाका चलचित्रमा सुपरस्टार बनेर राज गरिन् ।
पछिल्लो १५ वर्षमा मात्रै दुईवटा चलचित्रमा काम गरे पनि श्रीदेवीका शुभचिन्तक र फ्यानहरुको कमी छैन । उनी जीवित रहेको भए आज (अगस्ट १३) का दिन ५५ वर्षकी हुने थिइन् ।
श्रीदेवी ती खास अभिनेत्रीमा रहिन् जसले लिङ्ग र भाषाको सीमा पार गरिन् अनि हिन्दी, तमिल, तेलुगूसहितका भाषाका चलचित्रमा सुपरस्टार बनेर राज गरिन् । गएको फेब्रुअरीमा दुबईमा उनको निधन भयो । निधनलाई लिएर धेरै विवाद पनि भयो । अहिले उनी छैनन् । तर सामाजिक सञ्जालमा उनले पोस्ट गरेका सामग्रीका आधारमा श्रीदेवीलाई जान्ने प्रयास गरेका छौँ ।
सामाजिक सञ्जालमा कस्ती थिइन् श्रीदेवी
एक अभिनेत्री बाहेक उनका अरु धेरै भूमिका थिए । ट्वीटरमा उनी प्राय गरी एक आमाका रुपमा प्रस्तुत हुन्थिन् । उनले ममताले भरिएका तस्बिर पोस्ट गर्थिन् जसमा छोरीहरु हुन्थे ।
बोनी कपूरको साथमा आइसक्रिम खाँदै गरेको तस्बिरमा उनी एक प्रेमिका देखिन्छिन् ।
बालकलाकारका रुपमा प्रशिद्ध भएकाहरु हुर्किएपछि बिलय भए ।
श्रीदेवीको जादु
उनको सुरुवाति तमिल चलचित्र जुन एक पौराणिक कथामा बनेको थियो र ४–५ वर्षकी श्रीदेवीले भगवान मुरुगनको भूमिका निर्वाह गरेकी थिइन् । यो चलचित्रमा उनले आफ्नो दाजुमयी स्पर्शबाट एक रोगी बच्चालाई ठीक गर्ने भगवान मुरुगनको भूमिका गरेकी छन् । त्यहाँबाट सुरु भएको उनको यात्रा जहिले जादुमयी बन्यो । उनले आफ्नो भूमिका मात्रै होइन सम्पूर्ण चलचित्रलाई धेरै सुन्दर बनाइन् । चाहे त्यो सदमा होस् या चाँदनी वा इंग्लिस विङ्गलिस या लम्हे ।
सन् १९८५ मे को फिल्मफेयरको कभरमा श्रीदेवीको तस्बिर छापियो र उनलाई महारानीको उपमा दिइयो । हिन्दी चलचित्रमा उनी आएको केही वर्ष मात्रै भएको थियो त्यो बेला ।
उनको एउटै चलचित्र धेरै भाषामा बन्थ्यो, यो उनको लोकप्रियताको प्रमाण हो । ती चलचित्रमा हिरो फेरिन्थे तर हिरोइन श्रीदेवी नै हुन्थिन् । सन् १९८३ को चलचित्र मवालीमा जितेन्द्र, जयाप्रदा र श्रीदेवी थिए । त्यो चलचित्र तेलुगूमा श्रीदेवी र तमिलमा श्रीदेवी तथा रजनीकान्त थिए ।
यस्तै सदमा पहिले तमिलमा बन्यो, त्यसमा कमल हसन पनि थिए । हिन्दीमा पनि बन्यो र श्रीदेवी नायिका रहिन् ।
एक श्रीदेवी, भूमिका अनेक
श्रीदेवी नै हुन् जो नागिन बन्न सक्थिन्, चाँदनीमा एक आत्मसम्मानले भरिएकी युवती अनि लम्हेमा प्रेमको परिभाषालाई चुनौती दिने पूजा बनिन् । मिस्टर इन्डिया होस् या चालबाज वा इंग्लिस विङ्गलिस उनी चलचित्रका हरेक भूमिकामा अब्बल देखिइन् । सदमामा मनै हल्लाउने युवतीको भूमिका निभाएकी श्रीदेवीले इंग्लिस विङ्गलिसमा एक आमा, श्रीमती जो हिचकिचाउँदै घर बाहिर निस्कन्छे र केही गरेर देखाउने गृहिणी बन्छे, सबै भूमिका उस्तै न्यायले निर्वाह गरिन् ।
यो वर्ष उनले सदमाको ३५ औँ वर्ष बनाएकी हुन्थिन्, रजनीकान्तसँगको तमिल–कन्नड चलचित्र प्रियाको ४० औँ वर्ष र आफ्नो बिहेको २२ औँ वर्ष बनाउने थिइन् । अनि, छोरी जाह्नवीको पहिलो चलचित्र धडक पनि हेर्ने थिइन् ।


प्रतिक्रिया