बालुवाटारबाटै प्रधानमन्त्री अाेलीले देश चलाउने
सारांश
- काठमाडौं, १८ कात्तिक ।
- प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिन अस्पताल बसेर बालुवाटार फर्किएसँगै काममा व्यस्त छन् ।
- सरकारको काम पनि उनले बालुवाटारबाटै सञ्चालन गरिरहेका छन्।
काठमाडौं, १८ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिन अस्पताल बसेर बालुवाटार फर्किएसँगै काममा व्यस्त छन् । सरकारको काम पनि उनले बालुवाटारबाटै सञ्चालन गरिरहेका छन्।२०६२/०६३ सालमा तत्कालिन् प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले बालुवाटारबाटै सरकारका कामकारबाही सञ्चालन गरेझैं अब ओलीले पनि केही समय बालुवाटारमै बसेर सरकारका काम सञ्चालन गर्ने बुझिएको छ ।
प्रधानमन्त्री ओली पूर्ण स्वस्थ भएपनि केही समय भेटघाट तथा भीडभाडबाट टाढै बस्ने बुझिएको छ । उनले पार्टीको सचिवालयका सदस्यबाहेक केही समय अरुलाई नभेट्ने मनशाय बनाएका छन् । ओलीले कार्यतालिका बनाएर काम सुरु गरेका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया