समृद्धि सपनाः चीनका सी र नेपालका केपी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २८, २०७४
|
|
२१ पटक हेरिएको
Shares
समृद्धि सपनाः चीनका सी र नेपालका केपी

सारांश

  • नेपालमा निर्वाचन हुनु ठिक अघि छिमेकी चीनले १९औं महाधिवेशनबाट नयाँ युगको शुरूवात गरेको छ।
  • राष्ट्रपति सी चिन फिङको एक दशकको भावना समेटेको ३२ हजार अक्षरको कार्यप्रतिवेदनले ७० पटक प्रतिनिधिहरूको ताली खायो।
  • चिनियाँ विशेषतायुक्त समाजवादले नयाँ युगको ढोका खोलेको प्रतिवेदनमा उल्लेख छ।

नेपालमा निर्वाचन हुनु ठिक अघि छिमेकी चीनले १९औं महाधिवेशनबाट नयाँ युगको शुरूवात गरेको छ। राष्ट्रपति सी चिन फिङको एक दशकको भावना समेटेको ३२ हजार अक्षरको कार्यप्रतिवेदनले ७० पटक प्रतिनिधिहरूको ताली खायो। चिनियाँ विशेषतायुक्त समाजवादले नयाँ युगको ढोका खोलेको प्रतिवेदनमा उल्लेख छ।

विश्वका १० भाषामा अनुदित प्रतिवेदनमा विदेशी अनुवादकहरूले उनीहरूको भाषामा सर्वाधिक दोहोर्याएको शब्द हो ‘पावरफुल’ अर्थात् ‘शक्तिशाली’। महाधिवेशनको पहिलो पूर्ण सत्रबाट पुनः महासचिवमा निर्वाचित भएपछि सीले दोश्रो कार्यकालको प्रारूप प्रस्तुत गरे। संचारमाध्यम तथा पर्यवेक्षकहरूले देश विदेशबाट भने, ‘सी नै उपयुक्त नेता हुन् जसले सुधारोन्मुख चीनलाई विशाल अत्याधुनिक मुलुकमा रूपान्तरण गर्दैछन्।’

सन् १९४९ मा माओले जनगणतन्त्र घोषणा गर्दा भनेका थिए, ‘अतिक्रमणकारी विदेशीको हातबाट अपमानको शताब्दी अन्त्य भयो।’

सन् १९७८ मा अर्का नेता तङ स्याउ फिङले पुनर्संरचना र खुलापनको नीति अघि सारे।

अबको पाँच वर्ष अर्थात् चिनियाँ कम्युनिष्ट पार्टीको १९–२०औं महाधिवेशनको अन्तरालमा शताब्दी लक्ष्य समेट्ने समयसीमा हो। सीले प्रतिवद्धता गरेका छन्– ‘पहिलो शताब्दी लक्ष्य पूरा गर्नुपर्छ र दोश्रो शताब्दी लक्ष्यका लागि यात्रा थाल्नुपर्छ। पार्टीभित्र जहिले पनि जवान आत्मा हुनुपर्छ, जनसेवकको भावना हुनुपर्छ, समयभन्दा अगाडि हुनुपर्छ र राष्ट्रको मेरूदण्ड बन्न सक्नुपर्छ।’

सीमा परिस्थितिलाई परिणाममुखी बनाउने हैसियत छ। पाँच वर्षअघि १८औं महाधिवेशनमा सीपीसी केन्द्रिय कमिटि, पोलिटव्यूरो सदस्यको हैसियतमा मिडिया सामु प्रस्तुत हुँदा सी एक पार्टी प्रमुख थिए। केही मिनेटपछि नै संसारकै ठूलो जनसंख्या भएको देशको नेतृत्व गरेर दशक लामो योजना प्रस्तुत गरे।

संक्षेपमा चीनलाई फेरि महान र भ्रष्टाचारले चिन्ताग्रस्त जनभावनालाई सरल भाषामा आश्वस्त पार्नसक्ने एक व्यक्तिका रूपमा सीको चित्रण गर्नुपर्छ।

शिथिल अर्थतन्त्र, गरिबीको खाडल, भ्रष्टाचार र वातावरणीय डाँवाडोलको स्थितिबाट मुलुकलाई यति कलात्मक ढंगले सही धारमा ल्याउनसक्ने सजिलै सोचिएको थिएन।

अहिले त वर्षेनी छ करोडका दरले जनताले गरिबीबाट मुक्ति पाएका छन्।

सयौं सरकारी अधिकारीहरू, प्रान्तीय तथा क्षेत्रीय तहदेखि केन्द्रसम्म, र सहकर्मीहरू समेतले भ्रष्टाचार विरोधी अभियानको सामना गरेका छन्। झण्डै ८९ मिलियन पार्टी सदस्यको शुद्धीकरण र २ मिलियन सेनाको सोच तथा कार्यशैलीमा परिमार्जन भएको छ।

दृढताका साथ वातावरणीय सुधारको अभियान थालिएको छ।

विज्ञान र प्रविधि, अन्तरिक्ष ल्याव, रेडियो टेलिस्कोप, क्वान्टम स्याटलाइटमा प्रगति हुँदै गएको छ।

६ दशकमा पहिलोपटक थाइवानका नेताले भेटेर मुख्यभूमिप्रतिको आस्था दर्शाए।

ठूला मुलुक र साना मुलुकसँगको नयाँ तरिकाको सम्बन्ध विस्तार र कूटनीतिक पूर्वाधार मजबुत बन्दै गएको छ।

चिनियाँ मुद्रा आरएमबी विश्व मुद्रा कोषको स्पेशल ड्रइङ राइट एसडीआर बास्केटमा जोडियो। मानव भाग्य समुदायका लागि बेल्ट एण्ड रोड इनिसियटिभ्स राष्ट्रसंघको दस्तावजेमा पनि पर्यो।

‘यदि पार्टी र जनताले माग गर्छन् भने हामीले आफूलाई विना हिच्किचाहट समर्पित गरौं, यदि हामीले नै सकेनौं भने अर्कालाई कसरी गर भन्न सक्छौंरु’ सीपीसी केन्द्रिय समिति पोलिटव्यूरो सदस्यहरूमाझ सीले भनेका थिए।

सन् २०२० सम्म आधारभूत रूपमा औसत समृद्ध समाज र सन् २०२०–२०३५ भित्र आधुनिक समाजवादको अनुभूति दिलाउने हुट्हुटी उनमा व्याप्त छ।

सन् २०३५ देखि शताव्दीको मध्यान्तरसम्म चीन विशाल आधुनिक समाजवादी मुलुक, समृद्ध, शक्तिसम्पन्न, प्रजातन्त्र, उन्नत सँस्कृति, समावेशिता र सुन्दरतायुक्त चीन हुनेछ। त्यसपछि विश्व शक्ति बन्नेछ। समृद्धि हरेकका घरझुपडीमा आधारभूतमा रूपमा प्रवेश गरेको हुनेछ।

मिडियामा सीको व्याख्या गरिने विशेषणात्मक शब्दहरू हुन्, पुरूषार्थी, हत्वाकांक्षी, विचारशील, अन्वेषणकर्ता। कतिपय सर्वेक्षण वरियताहरूमा सी उत्कृष्ट १० मा पनि परेका छन्। खासगरी सुशासन र नवाविष्कारको शीर्षकमा।

पाँच वर्ष अघि पदासीन हुनेवित्तिकै सीले प्राथमिक विषय बनाए, पार्टी सदस्यहरूले एउटै लयमा पाइला चाल्ने। उनी भन्थेः ‘यदि भ्रष्टाचार झन् खराब हुँदै गयो भने यसले पार्टी र राज्यलाई नै धरापमा पार्न सक्छ। नयाँ युगको लक्ष्य पाउनु पनि असंभव हुन्छ।’

भष्टाचार विरोधी अभियान यस्तरी अघि बढ्यो कि सीपीसीको ९६ वर्षे इतिहासमा यस्तो अभियान यस्तो द्रुततर चलेको थिएन। कैयौं बाघहरू समातिएपछि विरालाहरू आफैँ कुना पसे। होनहार नेताहरू कारावासको चिसो छिँडीमा थन्किएपछि जनसमर्थन पनि बढ्यो। सीले भनेः ‘यदि हामीले सैयौं भ्रष्टाचारी अधिकारीहरू आहत पार्न सक्दैनौं भने १।३ विलियन जनतालाई आहत पारेको ठहर्छ।’

सन् २०१३ मा जब सीले सिन्ह्वा समाचार समितिले लेखेको एउटा लेखमा ध्यान दिए। उनले निर्देशन दिएः ‘खाना खेर फाल्ने काम रोक्नैपर्छ। खेर जाने कुरा सार्वजनिक कोषमा संरक्षित होस्।’

राष्ट्राध्यक्षको हैसियतमा सी कार्यालयमा नेता होलान् तर जिम्मेवारीका हिसावले जनताका सेवक हुन्। सर्वसाधारणले महसुस गरेका छन्, सीका कारण परिवर्तन संभव भैरहेको छ। उनी सर्वसाधारणको भीडमा लाइन लागेर सडक खाना खाएको वा पानीमा रूझी रूझी पूर्व सहकर्मीहरूको खेतवारीमा उभिएर कुराकानी गर्दै गरेको पनि भेटिए। उनले किसानका बच्चाहरू भेटे, भान्छा चियाए। भूकम्पग्रस्त क्षेत्रमा रातरातभरि अस्थायी टहरामा बसे। शहरभित्रका पुराना गल्ली पुगेर वासिन्दाहरूको काम, आम्दानी, खानपान, चिसो तातो, शौचालय लगायतबारे बुझे।

सन् २०१३ मा हुनान प्रान्तको मियो अल्पसंख्यक वस्ती श पा तोङ, जो गरीब बस्ती भनेर चिनिन्थ्यो, पुगे। अनपढ गाउँले श् फाच्वानले आफ्नो घरतिर छिर्न लागेको मान्छेलाई सोधिन्, ‘को हो तपाइँरु मैले के भन्नुपर्छरु’

उनले विनम्रतापूर्वक चिनाएः ‘म जनताको सेवक हुँ।’

सन् २०२० सम्ममा ४० मिलियनलाई गरिबीमुक्त गर्ने उनको प्रतिज्ञा छ, जुन मानव इतिहासकै असाध्य अठोट नै हो।

४४ वर्षको राजनीतिक यात्रामा सी तल्लो तहदेखि पार्टीको उपल्लो तहसम्म, एक साधारण नागरिकदेखि राष्ट्राध्यक्षसम्म, एक सामान्य सिपाहीदेखि सैन्य प्रमुखसम्म भएका छन्। बाँझो खेत आवादी, खेतीपाती, खनजोत, पशुपालन, कोइला निकाल्ने, भकारो सोर्ने आदि काम भ्याएका उनी भन्छन्, ‘यसले जीवनको यथार्थ बुझ्न, सत्य देख्न र अर्थ पहिल्याउन अथक प्रेरणा दिएको छ।’

चीनमा २१औं शताब्दीका विश्वस्तरीय पुनर्संरचनाका खाका कोरिएका छन्। सीले घोषणा गरेका छन्, चीनको भाग्य पुनर्सुधार र खुलापनले निर्धारण गर्छ।

जुन तङ स्याउ फिङको मार्ग थियो। १८ सय वर्षअघिका रणनीतिकार तथा लगनशील नेता चु क ल्याङलाई सम्झिँदै उनी भन्छन्, ‘ठूलो अभिभारा लिएपछि एउटै डर हुन्थ्यो कि विश्वासबाट खस्ने पो हुँ किरु’

तीतो विगतबाट मीठो विहानीको परिकल्पना गर्दै सीले सेना बलियो बनाउनुपर्ने ध्येय राखेका छन्। भन्छन्, ‘मैले चीनको इतिहास पढेको छु, जसले मलाई निकै ठूलो पीडा दिन्छ। जतिबेला सैन्य संरचना कमजोर थियो, अतिक्रमणकारीहरूको शिकार हुनुपर्थ्यो। त्यो पीडादायी इतिहास नदोहोरियोस्।’

एउटा नेता जनताको सेवा गरेर मात्रै राजनेता बन्न सक्छ। राजनेता भैसक्दा पनि उसको दायित्व जनताको सेवा नै हो। नेपालले पनि अनेकन परिवर्तन गरेर यहाँसम्मको यात्रा तय गरेपनि जीवनस्तरमा तात्विक भिन्नता केलाउन गाह्रो पर्छरु प्रजातन्त्रका ६ दशक र चीनमा जनगणतन्त्रका ६ दशक दाँजेर हेर्दा जनताको मुहारबाट खुशी खोस्ने भन्दा बढी साधु नेता कति पायौंरु जब कि यिनै निमुखा अनुहारमा अभाव, गरिबी र छट्पटीका रेखाहरू झन् गाढा बन्दै पो छन् किरु

नेपाल र नेपालीको वस्तुस्थिति नबुझेका नेता हैनन्। परिवेश, हुर्के बढेको समाज यही हो तर पनि भोक के होरु स्वार्थ के होरु दयामाया के होरु नातावाद, भाइभतिजावाद के होरु सबै कुराका भुक्तभोगी नै हुन्। अनदेखा कस्तो, वर्षौं स्वार्थको डुबानले पनि नपुगेर यी निमुखा अनुहारमाथि क्रुरताको छाप कतिञ्जेलरु सकेसम्म आफू वरिपरिको सर्कल पोस्ने, तर अरूले गर्न नदिएको परम्परागत मन्त्रले नै कति दिन चोखिनेरु

यिनै पुराना अनुहारबाट नेपाली जनताले नयाँ अनुहारको परिकल्पना गर्नुपरेको छ। एकपटक त्यो अकर्मण्य, अनुदार र स्वार्थी आवरण उतारेर यही पृष्ठभूमिबाट कालिदासमा रूपान्तरण भएको नेता पाउन सकौंलारु नजिकैका छिमेकी नेताबाट ईख लिएर पनि निद्राबाट जागेको अगुवा भेटाउँला हामीरु

चिनियाँ राष्ट्रपति सी चिन फिङ भन्छन्, ‘जसले जुत्ता लगाएको छ उसैले जुत्ता ठीक छ कि छैन, थाहा पाउँछ। अरूको व्यवस्था नक्कल गर्न खोजेर हुँदैन। न त कर्कश र एकलकाटे विगत पछ्याएर नै हुन्छ, आफ्नो प्रकृति र प्रणाली छोडेर गलत मोड पछ्याएर पनि हुँदैन।’

हाम्रा नेताहरूले चप्पल छोडेर जुत्ताबाट हिँड्न थालेको धेरै भयो। आम नेपालीको खुट्टामा चप्पल परेको देख्ने चाह कुनै नेतामा छ किरु आशा छ, आफूले लगाएको जुत्ता र जनताको चप्पलको भिन्नता अर्थ्याउन सक्ने नेता यिनै अनुहारबाट देख्न पाइनेछ।

लक्ष्मी लम्सालले नेपाल खबर मा लेखेका छन  !

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालुवाटारमा एकता संयोजन समितिको निर्णायक बैठक जारी
बालुवाटारमा एकता संयोजन समितिको निर्णायक बैठक जारी
आचार्य बालकृष्णलाई विष खुवाएको खुलासा
आचार्य बालकृष्णलाई विष खुवाएको खुलासा
स्थानीय निर्वाचनको मतगणनास्थलमा सीसीटीभी राखिने
स्थानीय निर्वाचनको मतगणनास्थलमा सीसीटीभी राखिने
बृद्धभत्ता ५ हजार पुराउने सरकारको तयारी
बृद्धभत्ता ५ हजार पुराउने सरकारको तयारी
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, सरकारकाे कामकाे समीक्षा हुने
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, सरकारकाे कामकाे समीक्षा हुने
सेनाको हेलिकप्टर दुई दिनदेखि बाटोमै, घाइतेको बिजोग
सेनाको हेलिकप्टर दुई दिनदेखि बाटोमै, घाइतेको बिजोग
ट्याक्टरले मोटरसाईकललाइ किच्दा एक जनाको मृत्यु
ट्याक्टरले मोटरसाईकललाइ किच्दा एक जनाको मृत्यु
फोटो खिचाउनलाई मात्र धान रोप्न हुदैन: उपप्रधान तथा रक्षा मन्त्री पोखरेल ( भिडियाे तथा फाेटाेफिचर)
फोटो खिचाउनलाई मात्र धान रोप्न हुदैन: उपप्रधान तथा रक्षा मन्त्री पोखरेल ( भिडियाे तथा फाेटाेफिचर)
चुनावमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता रिहा
चुनावमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता रिहा
अाफ्नै श्रीमानकी अर्की श्रीमती पत्ता लगाउने यि महिला, जस्ले यसरी पत्ता लगाइन
अाफ्नै श्रीमानकी अर्की श्रीमती पत्ता लगाउने यि महिला, जस्ले यसरी पत्ता लगाइन

तपाईंले छुटाउनुभयो कि?