काठमान्डौ को मेयरमा उठदैगरेकी बहिनीलाई दाईको पत्र
सारांश
- प्रिय बहिनी रन्जु, सन्चै छु सन्चो को कामना गर्दछु| बहिनी तिमी त काठमान्डौ को मेयरमा उठदैछौ रे !
- हल्ला मात्र होकि साच्चै हो पत्याउन गाह्रो भो यो दाइ लाई , अनि काठमान्डू लाई एउटा समृद्ध सहर बनाउने तिमी संग एउटा छुट्टै भिजन पनि छ भन्ने सुन्छु ।
- तिमी त बोल्न पनि टाठी भाकी छेउ रे , हजारौ मान्छेको अगाडि बसेर चर्को चर्को स्वरमा देशलाइ समृद्ध तिर उकाल्ने सपनाको कुरापनी गर्छ्यौ रे !
प्रिय बहिनी रन्जु,
सन्चै छु सन्चो को कामना गर्दछु|

बहिनी तिमी त काठमान्डौ को मेयरमा उठदैछौ रे ! हल्ला मात्र होकि साच्चै हो पत्याउन गाह्रो भो यो दाइ लाई , अनि काठमान्डू लाई एउटा समृद्ध सहर बनाउने तिमी संग एउटा छुट्टै भिजन पनि छ भन्ने सुन्छु । तिमी त बोल्न पनि टाठी भाकी छेउ रे , हजारौ मान्छेको अगाडि बसेर चर्को चर्को स्वरमा देशलाइ समृद्ध तिर उकाल्ने सपनाको कुरापनी गर्छ्यौ रे ! सबै को मन मनमा पस्न सफल पनि भाकी छेउ अनि देश बिदेश मा तिम्रै चर्चा सुन्दा निकै नै खुसी भएको महसुस गर्छ यो दाइले । प्रिय बहिनी उमेरले सानी छेउ हुनत दाइले ठूलो कुरा गर्यो भन्छेउ होला तर के गर्नु बहिनी यो दाइ राजनिती देखेर वाक्क मानेर नै तिम्लाइ चिठी लेख्न बाध्य भयो । उचालेर पछार्ने मेरो देश, विवेकशिल मान्छेलाइ पछाडी धकेल्ने मेरो देशमा निडर भएर हिम्मतवाली ढंगले बढेकी त छेउ तर परिणाम आउदा कतै तिम्रो जोस उर्जा सबै सेलाउने त होइन भन्ने डर पलाएको छ । त्यसैले प्रिय बहिनी बोलेर बाठो दौडेर छिटो हुने भए खरायो ले दौड पक्कै जिथ्यो होला ।
बहिनी बाउ जड्याहा निस्क्यो भने बाउ मार्ने र फेर्ने प्रयास नगर बाउ मारेर आफू परिवर्तित हुन्छु भन्नू भन्दा बाउलाइ सुधार्ने तिर लाग्ने हो नत्र त्यो जड्याहा बाउ को अगाडि तिमी जति सुकै चर्को आवाज गरेपनी तिमिलाइ रक्सिको गन्द मै रुमाल्दिने निश्चित नै छ बहिनी , प्यारी बहिनि म तिम्रो सधै भलो चिताउने दाइ हो त्यसैले बहिनि आफ्नो घाँटी जत्रो छ त्यत्रै हड्डी रोज, ठूलो हड्डी पाएसि पेट दरो बनाउछु भन्ने तिर लाग्दा घाँटी त परै जाओस मुखमा पनि अटेन भने बहिनि भोकै हुन्छिन भन्ने मेरो चिन्ता हो । क्षमता तिमीमा पक्कै छ त्यसैले तातै खाउ जल्दै मरौ भनेर बलि को बक्रा नबन भन्दै अगामी दिनमा देश र जनताको लागि सकारात्मक ढंगले समय र परिपक्वता लाई ध्यान दिदै कदम चलोस भन्ने शुभकामना दिदै सधै तिमिले चालेको कदममा सकारात्मक ढंग बाट साथ दिने प्रतिबद्धता राख्दै सेतो पन्नामा रगत रुपि अक्षर बन्द गर्दछु ।
धन्यवाद
उही तिम्रो प्यारो दाइ
अभिमन्यु बिक्रम पान्डे
पोखरा
Hem Dewan
Ho typai haru jasto young generation ko khacho cha!yo des lai. …
Shanta Giri
यो त सकारात्मक साथ त भएन नी, केवल सहानुभुति मात्र भयो
स्मरण रहोस, पृथ्वि नारायण शाहले पनि २१ वर्षको उमेरमा नै नेपाल एकिकरणको खाका लिएर अगाडि बडेका थिए । सहि कर्म गर्दै जाने हो परिणामको त्रास लिने होईन । आफ्नो बैनीलाई हौसला दिनु पर्छ ।