अब जनकपुर पनि पर्यटकीय बसबाटै

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक २५, २०७५
|
|
२४ पटक हेरिएको
Shares
अब जनकपुर पनि पर्यटकीय बसबाटै

सारांश

  • काठमाडौं ।
  • काठमाडौंसँग जनकपुर जोडनका लागि पर्यटकीय बस सेवा शुरु भएको छ ।
  • दीपज्योती टुर्स एण्ड ट्राभल प्रालिले पहिलोपटक काठमाडौंबाट पर्यटकीयनगरी जनकपुरका लागि सेवा सुविधा सहितको पर्यटकीय बस सेवा शुरु गरेको हो ।

काठमाडौं । काठमाडौंसँग जनकपुर जोडनका लागि पर्यटकीय बस सेवा शुरु भएको छ । दीपज्योती टुर्स एण्ड ट्राभल प्रालिले पहिलोपटक काठमाडौंबाट पर्यटकीयनगरी जनकपुरका लागि सेवा सुविधा सहितको पर्यटकीय बस सेवा शुरु गरेको हो ।

यसअघि काठमाडौं पोखरा बस चलाइरहेको ट्राभलले आज आइतबारदेखि काठमाडौँ–काभ्रे–सिन्धुली–बर्दिबास हुँदै जनकपुरसम्म बस सेवा शुरु गरेको हो ।

नेपालकै प्रमुख धार्मिकस्थल र प्रदेश नं २ को जनकपुरलाई पर्यटनसँग जोड्न पर्यटकीय बस शुरु गरेको प्रालिले जनाएको छ ।

टुरिष्ट बस एशोसिएसन अफ नेपाल ९टिवान०का अध्यक्ष प्रह्लाद लोहनीले मुलुकको पर्यटन विकासका लागि काठमाडौं–जनकपुर पर्यटकीय बस सञ्चालनले ठूलो सहयोग पुग्ने बताए ।
सन् २०२० सम्म २० लाख विदेशी पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा गर्न यस्ता सेवाले सहयोग पुग्ने दाबी गरे । पर्यटन विकासका लागि एशोसिएसनले यसअघि पोखरा, सौराह र लुम्बिनीमा पर्यटक बस सञ्चालनमा ल्याइसकेको छ ।

दैनिक आन्तरिक तथा बाह्य हजारौँ पर्यटकलाई ओहोरदोहोर गराउने पर्यटकीय बसका लागि छुट्टै बसपार्क भने छैन । बसपार्क नहुँदा पर्यटकीय बसलाई समस्या परेको छ । हाल पर्यटकीय बस यतिबेला बसपार्कको अभावका कारण सोह्रखुट्टे सडकबाट यात्रु बोकेर जाने गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?