डा आरजु राणा देउवाको प्रतिबद्धतापत्र सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १०, २०७४
|
|
३४ पटक हेरिएको
Shares
डा आरजु राणा देउवाको  प्रतिबद्धतापत्र सार्वजनिक

सारांश

  • कैलाली निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभाकी उम्मेदवार काँग्रेस नेत्री डा आरजु राणा देउवाले आज आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ ।
  • नेपाल महिला संघद्वारा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको चुनावी प्रतिबद्धतापत्रमा डा राणाले संविधान कार्यान्वयन र देशको विकास एवं समृद्धिमा योगदान दिन काँग्रेसले आफूलाई उम्मेदवार बनाएको उल्लेख गर्नुभएको छ ।
  • प्रतिबद्धतापत्रमा कैलाली निर्वाचन क्षेत्र नं ५ मा कटान रोकथामका लागि तटबन्धनका कार्यक्रम गर्ने, गौरीफंटा नाकाको स्तरोन्नति, पोलिटेक्निक कलेज र रासायनिक मलखाद कारखानाको स्थापना, सेती अञ्चल अस्पताल धनगढीको स्तरोन्नति गर्दै ३०० श्यया बनाउने, धनगढी विमानस्थलको स्तरोन्नतिलगायतका पूर्वाधारका काम गर्ने उल्लेख गर्नुभयो ।

कैलाली निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभाकी उम्मेदवार काँग्रेस नेत्री डा आरजु राणा देउवाले आज आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ ।

नेपाल महिला संघद्वारा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको चुनावी प्रतिबद्धतापत्रमा डा राणाले संविधान कार्यान्वयन र देशको विकास एवं समृद्धिमा योगदान दिन काँग्रेसले आफूलाई उम्मेदवार बनाएको उल्लेख गर्नुभएको छ ।

प्रतिबद्धतापत्रमा कैलाली निर्वाचन क्षेत्र नं ५ मा कटान रोकथामका लागि तटबन्धनका कार्यक्रम गर्ने, गौरीफंटा नाकाको स्तरोन्नति, पोलिटेक्निक कलेज र रासायनिक मलखाद कारखानाको स्थापना, सेती अञ्चल अस्पताल धनगढीको स्तरोन्नति गर्दै ३०० श्यया बनाउने, धनगढी विमानस्थलको स्तरोन्नतिलगायतका पूर्वाधारका काम गर्ने उल्लेख गर्नुभयो ।

यसैगरी राना थरु समुदायलाई थारु आयोगमार्फत भिन्दै सूचीकृत गराउने, पछाडि पारिएका समुदायका साथै समस्यामा परेका कमलरी, मुक्तकमैया, सुकुम्वासीको जीवनस्तर उकास्न, गेटाको मेडिकल कलेजको निर्माणलाई तीव्रता दिनेलगायतका प्रतिबद्धतासमेत गरिएको छ ।
कार्यक्रमा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य रामसमझ रानाथारु काँग्रेसमा प्रवेश गर्नुभएको थियो ।

स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रका तर्फबाट धनगढी उपमहानगरपालिकाको प्रमुखको उम्मेदवार रहनुभएका रानाथारु प्रमुखमा विजयी काँग्रेसका उम्मेदवारको निकटतम प्रतिद्वन्द्वी रहनुभएको थियो ।

उहाँलाई काँग्रेस नेत्री डा आरजु राणा देउवाले पार्टी प्रवेश गराउनुभयो । पार्टी प्रवेशपछि राना थारुले कैलाली कञ्चनपुर जिल्लामा उपेक्षित र पछाडि परेको राना थारु समुदायको हकहितका साथै देशको विकास र समृद्धि काँग्रेसबाट मात्र सम्भव हुने देखेर आफूसहितका कार्यकर्ता काँग्रेसमा प्रवेश गरेको जानकारी दिनुभएको थियो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    यादब राजगुरु सल्यानि

    सातसालबाट आजसम्म के गरेऊ प्रमान देखाऊ हल्ला बकवास बन्दगर

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानको राजनीति गर्छु भन्दै हिँड्ने रबिन्द्र मिश्रले किने १६ करोडको घर
इमानको राजनीति गर्छु भन्दै हिँड्ने रबिन्द्र मिश्रले किने १६ करोडको घर
एकपछि अर्को विधेयक विवादमा परेपछि सरोकारवालासँग छलफल गरेरमात्र विधेयक अगाडि बढाउन सुझाव
एकपछि अर्को विधेयक विवादमा परेपछि सरोकारवालासँग छलफल गरेरमात्र विधेयक अगाडि बढाउन सुझाव
राफल इस्टिच्युट अफ फेसन एण्ड आर्टको अडिसनको  अन्तिम इभेन्ट १५ सेप्टेम्बर २०१७ मा आयोजित हुनगइरहेको  छ ।
राफल इस्टिच्युट अफ फेसन एण्ड आर्टको अडिसनको अन्तिम इभेन्ट १५ सेप्टेम्बर २०१७ मा आयोजित हुनगइरहेको छ ।
युक्रेनमा अहिलेसम्मकै ठूलो बमबारी, ३० जनाको मृत्यु, १६० बढी घाइते
युक्रेनमा अहिलेसम्मकै ठूलो बमबारी, ३० जनाको मृत्यु, १६० बढी घाइते
अफ्रिकन फुटबलर अफ दी इयर को अवार्ड मोहम्मद सलाह लाई
अफ्रिकन फुटबलर अफ दी इयर को अवार्ड मोहम्मद सलाह लाई
बाढीले बगाएको मोटरेबल पुलको टेण्डर प्रक्रिया रोकिएकोमा सांसदको आपत्ति
बाढीले बगाएको मोटरेबल पुलको टेण्डर प्रक्रिया रोकिएकोमा सांसदको आपत्ति
विजयीहरुलाई घरदैलो र सभामा भ्याईनभ्याई
विजयीहरुलाई घरदैलो र सभामा भ्याईनभ्याई
स्थानीय तहका उम्मेदवारले खर्च विवरण बुझाएनन्
स्थानीय तहका उम्मेदवारले खर्च विवरण बुझाएनन्
दम्पतीलार्इ खोलाले बगाउदा श्रीमानको शव भेटियो, श्रीमती वेपत्ता
दम्पतीलार्इ खोलाले बगाउदा श्रीमानको शव भेटियो, श्रीमती वेपत्ता
टूर घोषण गरेलगत्तै ट्रेन्डिङमा गायक जस्टिन बिबर
टूर घोषण गरेलगत्तै ट्रेन्डिङमा गायक जस्टिन बिबर

तपाईंले छुटाउनुभयो कि?