सानिमा बैंकले गर्यो आईपिओ भर्दा शुल्क नलाग्ने ब्यबस्था

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १०, २०७९
|
|
२४ पटक हेरिएको
Shares
सानिमा बैंकले गर्यो आईपिओ भर्दा शुल्क नलाग्ने ब्यबस्था

सारांश

  • काठमाडौ ।
  • सानिमा बैंकले आफ्नो सम्पूर्ण खाताहरुमा सीआश्वा आवेदन शुल्क नलाग्ने व्यवस्था गरेको छ ।
  • बैंकले आज एक सूचना जारी गर्दै बैंकको कुनै पनि खाताबाट प्राथमिक सेयर, हकप्रद लगायतका पुंजीबजारका अन्य उपकरणहरुमा आवदेन दिदा कुनै शुल्क नलाग्ने जनाएको छ ।

काठमाडौ । सानिमा बैंकले आफ्नो सम्पूर्ण खाताहरुमा सीआश्वा आवेदन शुल्क नलाग्ने व्यवस्था गरेको छ । बैंकले आज एक सूचना जारी गर्दै बैंकको कुनै पनि खाताबाट प्राथमिक सेयर, हकप्रद लगायतका पुंजीबजारका अन्य उपकरणहरुमा आवदेन दिदा कुनै शुल्क नलाग्ने जनाएको छ ।

हालै मात्र नेपाल धितोपत्र बोर्डले सीआश्वा शुल्क अधिकतम ५ रुपैयाँ मात्र लिन पाईने ब्यबस्था गरेको हो । अधिकतम ५ रुपैयाँ लिन सकिने ब्यबस्था भए पनि बैंकले यी सेवा निशुल्क दिने भएको हो ।

यस अघि बैंक तथा वित्तीय संस्थाले अधिकतम १०० रुपैयाँ शुल्क लिदै आएकोमा अब अधिकतम ५ रुपैयाँमात्र लिन पाउने छन् । यद्यपि उनीहरुले चाहेमा यो सेवा निशुल्क समेत दिन सक्ने छन् । बोर्डले ५ रुपैयाँ मात्र लिन सकिने नियम बनाएपछि कतिपय बैंकहरुले यो सेवा निशुल्क दिन थालेका हुन् ।

बोर्डले धितोपत्र खरिद ९सार्वजनिक निष्काशन० सम्बन्धी निर्देशिका, २०७३ मा आवश्यक संशोधन गरे आश्वा शुल्क बारे नयाँ ब्यबस्था गरेको हो। धितोपत्रको सार्वजनिक निष्काशनमा आवेदन दिने लगानीकर्ताको संख्यामा उल्लेखनिय बृद्धि आएको तथा लगानीकर्ताबाट समेत सार्वजनिक निष्काशनमा लाग्ने लागत बढि भएकोले सोमा परिमार्जन गर्न सुझाव प्राप्त भएको सन्र्दभमा धितोपत्रको सार्वजनिक निष्काशनमा आस्वा प्रणालीमा लाग्ने लागतलाई लगानीकर्ता मैत्री वनाउँदै यस प्रक्रियामा लाग्ने सेवा शुल्कलाई समयानुकुल समायोजन गर्न आवश्यक रहेकोले बोर्डले “धितोपत्र खरिद ९सार्वजनिक निष्काशन० सम्बन्धी निर्देशिका, २०७३” मा तेस्रो संशोधन गरेको बोर्डले जनाएको छ ।

उक्त संशोधनमा निम्न ३ वटा मुख्य ब्यबस्था समावेश छन् ।

१। बैंक वा वित्तीय संस्थाले धितोपत्र खरिद सम्बन्धी सुविधा उपलब्ध गराए बापत बढीमा एक सय रुपैयाँ सेवा शुल्क लिन सक्नेमा सो सेवा शुल्क घटाई बढीमा पाँच रुपैयाँ सेवा शुल्क लिन सक्ने व्यवस्था गरिएको छ।

२। बैंक वा वित्तीय संस्थाले निष्काशन तथा बिक्री प्रवन्धकलाई प्रति दरखास्त दश रुपैया बुझाउनु पर्नेमा सो घटाई प्रति दरखास्त दुई रुपैया बुझाउनु पर्ने व्यवस्था गरिएको छ ।

३, धितोपत्रको केन्द्रीय निक्षेप सेवा प्रदायकले सुविधा उपलब्ध गराए बापत निष्काशन तथा बिक्री प्रबन्धक वा वैक वा वित्तीय संस्थाले प्रति दरखास्त वापत दुई रुपैँयाका दरले शुल्क बुझाउनु पर्नेमा सो घटाई निष्काशन तथा बिक्री प्रबन्धकले प्रति दरखास्त वापत एक रुपैयाँका दरले शुल्क बुझाउनु पर्ने व्यवस्था गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?