१३ खर्ब १५ अर्बको बजेट , कर्मचारीको तलब बढेन, पत्रकारलाई दुर्घटना बिमा, सासंदलाई ४ करोड !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १५, २०७५
|
|
५३ पटक हेरिएको
Shares
१३ खर्ब १५ अर्बको बजेट , कर्मचारीको तलब बढेन, पत्रकारलाई दुर्घटना बिमा, सासंदलाई ४ करोड !

सारांश

  • जेठ १५, काठमाण्डौ ।
  • आर्थिक वर्ष २०७५–७६ को बजेटका केही महत्वपूर्ण अंश यसप्रकार छ ।
  • बजेटको आकार १३ खर्ब १५ अर्ब, घर घरमा मानव अधिकार कार्यक्रम सञ्चालन गरिने, सार्वजनिक संस्थान सञ्चालन र व्यवस्थान ऐन ल्याइने, सरकारी सेवालाई आगामी वर्षमा विद्युतीय प्रणालीमा लगिने, भ्रष्टाचार गर्ने र गराउने दुबैलाई कानुनी दायरामा ल्याइने, कर्मचारीको तलब भने बढेन, कर्मचारी र शिक्षकको पोशाक भत्ता बढेर १० हजार र्पुयाइयो, कर्मचारीको महंगी भत्ता २ हजार बढ्यो, कैदीको छोराछोरीले दूधवापत पाउने १० रुपैयाँ बढाएर ३५ र्पुयाइयो, कैदीको सिदा खर्च ४५ बाट ६०, ५ वर्षभित्र सबै नेपालीलाई राष्ट्रिय परिचय पत्र वितरण गरिने, नेपाली सेनाको बंकरदेखि ब्यारेक कार्यक्रमलाई निरन्तरता, विदेशीबाट फर्केनेले १ सय ग्रामसम्म काँचो सुन ल्याउँदा कर तिर्न नपर्ने, गाडी र मोटरसाइकलमा कर बढ्यो, मदिरा सुर्ती चुरोटमा अन्तशुल्क वृद्धि, शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा शुल्क खारेज वैदेशिक ऋण २ खर्ब २ अर्ब, राजस्वबाट ८ खर्ब उठाइने, पश्चीम सेती स्वदेशी लगानीमा बनाउने सरकारले घोषणा गरेको छ ।

जेठ १५, काठमाण्डौ । आर्थिक वर्ष २०७५–७६ को बजेटका केही महत्वपूर्ण अंश यसप्रकार छ ।

बजेटको आकार १३ खर्ब १५ अर्ब, घर घरमा मानव अधिकार कार्यक्रम सञ्चालन गरिने, सार्वजनिक संस्थान सञ्चालन र व्यवस्थान ऐन ल्याइने, सरकारी सेवालाई आगामी वर्षमा विद्युतीय प्रणालीमा लगिने, भ्रष्टाचार गर्ने र गराउने दुबैलाई कानुनी दायरामा ल्याइने,

कर्मचारीको तलब भने बढेन, कर्मचारी र शिक्षकको पोशाक भत्ता बढेर १० हजार र्पुयाइयो, कर्मचारीको महंगी भत्ता २ हजार बढ्यो, कैदीको छोराछोरीले दूधवापत पाउने १० रुपैयाँ बढाएर ३५ र्पुयाइयो, कैदीको सिदा खर्च ४५ बाट ६०, ५ वर्षभित्र सबै नेपालीलाई राष्ट्रिय परिचय पत्र वितरण गरिने, नेपाली सेनाको बंकरदेखि ब्यारेक कार्यक्रमलाई निरन्तरता,

विदेशीबाट फर्केनेले १ सय ग्रामसम्म काँचो सुन ल्याउँदा कर तिर्न नपर्ने, गाडी र मोटरसाइकलमा कर बढ्यो, मदिरा सुर्ती चुरोटमा अन्तशुल्क वृद्धि, शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा शुल्क खारेज वैदेशिक ऋण २ खर्ब २ अर्ब, राजस्वबाट ८ खर्ब उठाइने, पश्चीम सेती स्वदेशी लगानीमा बनाउने सरकारले घोषणा गरेको छ ।

पत्रकार दुर्घटना विमाका लागि अनुदान, रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकीकृत गरिने, सबै प्रकारका सूचनामा नेपालीको पहुँच र्पुयाइने, प्रत्येक निर्वाचन क्षेत्रमा ४ करोड, ५ योजना छनोट गर्न पाइने । त्यसका लागि सम्बन्धित क्षेत्रका प्रत्यक्ष निर्वाचित सांसदको संयोजकत्वमा समिति बनाइने, आगामी वर्ष भूकम्पको पुनर्निर्माणका लागि आवश्यक बजेट विनियोजन, काठमाडौंमा केवलकार मोनोरेलका लागि सम्भाव्यता अध्ययन, सडक बजेट ५ अर्ब, सडक प्रयोग गरेवापत कर तिर्नैपर्ने व्यवस्था गरिने, दक्षिणी सीमा जोडिएको स्थानीय तहमा सडक पूर्वाधारका लागि ५३ करोड, प्रत्येक प्रदेशमा एउटा ब्यापारिक नाका बनाइने ।

बाग्मती विष्णुमति रुद्रमतिलाई ढलमुक्त बनाइने, संघीय संसद भवन बनाउन बजेट विनियोजन, एक पटकका लागि सुकुम्बासीलाई आवासको व्यवस्था गरिने, तराईमा खरको छाना भएकालाई जस्तापाता दिइने, उर्जा क्षेत्रमा ८३ अर्ब ८९ करोड, तराईमा २५ हजार घरमा गोवरग्यास प्लान्टमा अनुदान दिइने, ग्रामीण विद्युतीकरणका लागि ५ अर्ब विनियोजन,

राष्ट्रसेवक र विदेशमा रहेका नेपालीको लगानीमा विजुली आयोजना बनाइने, बुढीगण्डकी आयोजनाको मुआब्जा वितरण गरी आयोजना निर्माण अघि बढाइने, ०७५–८५ उर्जा दशक मनाइने, १ हप्ताअघि नै जलवायुको पूर्वानुमान गर्न सकिने व्यवस्था गर्ने, जनताको तटबन्धका लागि २ अर्ब विनियोजन, सर्वसाधारणको लगानीमा ३ हजार मेगावाटको आकर्षक योजना सुरु गरिने ।

१ अर्बभन्दा बढी पूँजी रहेको उत्पादनमुलक कम्पनीले पब्लिक कम्पनीमा परिणत भइ सेयरमा सूचीकृत हुनुपर्ने, एक वर्षभित्र सबै नेपालीको बैक खाता, यातायात व्यवस्थापन शीर्षकमा १ अर्ब, लाइसेन्स र यातायात दर्ता प्रदेशबाटै गरिने, सबै स्थानीय तहमा अप्टिकल फाइबर बिछ्याइने, चलचित्र व्यवसायमा बक्स अफिस प्रणाली लागू गरिने छ ।

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Ganesh Shakya

    सांसद लाई खर्च पुगेन । जाबो ४ करोड मात्र अन्याय भयो । बृद्ध भत्ता बढी भो घताउन पर्‍यो । बृद्ध पेन्सन भत्ता नि किन खुवाइ राखेको ? हताए हुन्न? सबैको आम्दानी अर्थमन्त्रीकै जस्तै त हो नि हाम्रो नेपालमा ।

    Comment Author

    Mahendra Chaudhary

    Yo sarkarko pani kam xaina

    Comment Author

    Shiva Kumar Shiva Kumar

    जोई छोराछोरि सांसदका मात्र रहेछन पुरै बजेट सासदलाइ हुनुपर्ने थोरै भयो।

    Comment Author

    Ramesh Pandey

    कर्मचारी माथिको अत्याचार कुनै दिन यो सरकारको टाउको नदुखोस

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्मचारी सरुवामा प्रविधिको फड्को: अनलाइन प्रणालीमार्फत १७३ को सरुवा, मन्त्रालय धाउनुपर्ने बाध्यता अन्त्य
कर्मचारी सरुवामा प्रविधिको फड्को: अनलाइन प्रणालीमार्फत १७३ को सरुवा, मन्त्रालय धाउनुपर्ने बाध्यता अन्त्य
एसियन क्लब प्रिमियर लिग : नेपाल स्ट्रोमले बंगलादेश टाइगर्सलाई ७ विकेटले हरायो
एसियन क्लब प्रिमियर लिग : नेपाल स्ट्रोमले बंगलादेश टाइगर्सलाई ७ विकेटले हरायो
२४ घन्टामा थपिए ४३ सय ९२ कोरोना संक्रमित
२४ घन्टामा थपिए ४३ सय ९२ कोरोना संक्रमित
जितिन्छ भनेर नसुत्नुहाेला अझ बढि सक्रिय भएर प्रचार मा लाग्नु हाेला -अाेली । (भिडियाे सहित )
जितिन्छ भनेर नसुत्नुहाेला अझ बढि सक्रिय भएर प्रचार मा लाग्नु हाेला -अाेली । (भिडियाे सहित )
पुस ५ गते आइतवारको राशिफल यस्तो छ
पुस ५ गते आइतवारको राशिफल यस्तो छ
विश्वकप फुटबल २०१८: क्रोएसियाले जित्न सक्ने यी हुन  कारण
विश्वकप फुटबल २०१८: क्रोएसियाले जित्न सक्ने यी हुन कारण
Do you know the man whom Anushka Sharma scolded, once shared screen with SRK and Shahid!
Do you know the man whom Anushka Sharma scolded, once shared screen with SRK and Shahid!
साउदीको तेल प्रशोधन आक्रमणका पछाडि ‘इरान’ को हात रहेको तथ्य
साउदीको तेल प्रशोधन आक्रमणका पछाडि ‘इरान’ को हात रहेको तथ्य
बालबालिका आक्रमण गर्ने चितुवा नियन्त्रण
बालबालिका आक्रमण गर्ने चितुवा नियन्त्रण
राजनीतिक धु्रवीकरणले लोकतन्त्रिक शक्तिलाई बलियो बनाउँछ–मन्त्री थापा