अमेरिकाको अलस्कामा २ महिनासम्म अन्धकार छाउने
सारांश
- अमेरिकाको अलस्काका केही शहरमा मानिसहरुले अब करिब २ महिनासम्म सूर्योदय देख्न पाउने छैनन् ।
- गएको आइतबारको सूर्यास्त उनीहरुका लागि यो सिजनको अन्तिम सूर्यास्त हो ।
- आइतबारको सूर्यास्त हेरेका उनीहरुले अब जनवरी २३ मा स्थानीय समय अनुसार मध्यान्ह दिउँसो एक बजे मात्रै सूर्योदय देख्न पाउनेछन् ।
अमेरिकाको अलस्काका केही शहरमा मानिसहरुले अब करिब २ महिनासम्म सूर्योदय देख्न पाउने छैनन् । गएको आइतबारको सूर्यास्त उनीहरुका लागि यो सिजनको अन्तिम सूर्यास्त हो । आइतबारको सूर्यास्त हेरेका उनीहरुले अब जनवरी २३ मा स्थानीय समय अनुसार मध्यान्ह दिउँसो एक बजे मात्रै सूर्योदय देख्न पाउनेछन् । सरकारले आधिकारिकरुपमै ६५ दिनसम्म अध्यारो हुने घोषणा गरिसकेको छ ।
उत्तरी ध्रुवतर्फ बढिरहेको चिसोका कारण अहिले दिन यति छोटो भइसकेको छ कि यतिबेला ती क्षेत्रमा सूर्यको प्रकाश नै आइपुग्दैन । अलस्काको शहर उतकियागभिकमा पनि यस्तै अवस्था हुने गरेको छ । चिसो मौसममा यो शहरमा दिउँसो पनि अध्यारै हुने गरेको छ । आर्कटिक सर्कलको उचाइमा रहेको कारण अलस्काको यो शहरको आकाशमा सूर्य आइपुग्दैन । यस्तो स्थितिलाई पोलार नाइट्स भनिन्छ ।
यो दुई महिनामा उतकियागभिगको तापक्रम निकै कम हुने गर्छ । ४ हजार जतिको जनसंख्या रहेको यो शहरमा कतिपटक त तापक्रम माइनस १० देखि २० डिग्री सम्म पनि पुग्ने गर्छ । त्यस्तै शहरको औसत तापक्रम हरेक रात माइनस ५ डिग्री तल नै हुने गर्छ ।
फिल्म हेर्दै विदाई गरियो अन्तिम सूर्यास्त
यो सिजनको अन्तिम सूर्यास्तलाई विदाइ गर्न शहरमा अधिकांस मानिस एकत्रित भएका थिए । स्थानीय समय अनुसार आइतबार दिउँसो १ बजेर ४ मिनेटमा सूर्यास्त भएको थियो । शहर अन्धकारमा डुबे पछि शहरबासीले काल्पनिक हरर फिल्म ३० डेज अ नाइट हेरेका थिए । फिल्ममा शहरमा अध्यारो भएपछि कसरी भेम्पायरले आक्रमण गरी सबैलाई मार्छन् भन्ने देखाइएको छ ।
रुस, स्वीडेन र फिनल्याण्डमा पनि पोलार नाइट्स
पोलार नाइट्सको अवस्था अमेरिका बाहेक रुस, स्वीडेन, ग्रीस, क्यानडा र फिनल्याण्डका केही शहरमा पनि हुन्छ । यी देशका कति शहरमा त १०० दिनसम्म पनि अन्धकार हुने गर्छ ।
प्रतिक्रिया