बादलको खुलासा: बाबुराम भट्टराई पुनः माओवादी केन्द्रमै फर्कने
सारांश
- काठमाडौं, पुस २३ ।
- माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ ले बाबुराम भट्टराई पुनः माओवादी केन्द्रमै फर्कने तयारीमा रहेको खुलासा गरेका छन् ।
- माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आफूलाई भेट्न पुगेका केही नेताहरुसँगको भेटमा माओवादी केन्द्रका नेता रामबहादुर थापा (बादल)ले उक्त कुराको खुलासा गरेका हुन् ।
काठमाडौं, पुस २३ । माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ ले बाबुराम भट्टराई पुनः माओवादी केन्द्रमै फर्कने तयारीमा रहेको खुलासा गरेका छन् ।
माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आफूलाई भेट्न पुगेका केही नेताहरुसँगको भेटमा माओवादी केन्द्रका नेता रामबहादुर थापा (बादल)ले उक्त कुराको खुलासा गरेका हुन् ।
नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईसँग पार्टी एकता बारेमा बृहत छलफल भउको बताएपछि उक्त खुलासा भएको हो ।
बादलले नेताहरुसँगको भेटमा आफ्नो केही समयदेखि डाक्टर भट्टराईसँग पार्टी एकता बारेमा छलफलभएको भन्दै छिट्टै पार्टी एकता गर्ने सहमति नजिक रहेको बताए ।
दुई दिन अघि कास्कीमा सकिएको महाधिवेशन आयोजक समितिको पूर्ण बैठकले पार्टी एकताबारेमा ठोस निर्णय नगरेपनि माओवादी केन्द्रसँग भट्टराई नजिक भएर गतिविधि सञ्चालन गरिरहेका थिए ।
केही दिन अघि मात्रै भट्टराई माओवादी अध्यक्ष प्रचण्डलाई नयाँ निवास खुमलटार पुगेर भेट गरेका थिए ।
प्रतिक्रिया