नौ महिनामा दुई खर्ब लगानी प्रतिबद्धता

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख ६, २०८०
|
|
२३ पटक हेरिएको
Shares
नौ महिनामा दुई खर्ब लगानी प्रतिबद्धता

सारांश

  • काठमाडौँ ।
  • नौ महिनामा करिब रु दुई खर्ब बराबरको लगानी प्रतिबद्धता आएको छ ।
  • उद्योग विभागले सार्वजनिक गरेको नौ महिना (गत साउनदेखि चैत मसान्तसम्मको) तथ्याङ्क अनुसार दुई सय १६ उद्योगका लागि रु एक खर्ब ८० अर्ब बराबरको लगानी प्रतिबद्धता आएको हो ।

काठमाडौँ । नौ महिनामा करिब रु दुई खर्ब बराबरको लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको नौ महिना (गत साउनदेखि चैत मसान्तसम्मको) तथ्याङ्क अनुसार दुई सय १६ उद्योगका लागि रु एक खर्ब ८० अर्ब बराबरको लगानी प्रतिबद्धता आएको हो । उक्त तथ्याङ्क अनुसार हालसम्म दर्ता भएका उद्योगमम्ध्ये सबैभन्दा धेरै लगानी प्रस्ताव साना उद्योगमा रहेको छ ।

चैत महिनामा मात्रै स्वदेशी तथा विदेशी लगानीका ३३ वटा उद्योगका लागि रु २५ अर्ब ४४ करोड लगानी प्रतिबद्धता आएको हो । तथ्याङ्क अनुसार हालसम्म दर्ता भएका उद्योगले ६ लाख ७३ हजार आठ सय ६७ जनालाई रोजगारी दिने उल्लेख गरिएको छ । चैत महिनामा मात्रै तीन हजार छ सय १२ जनालाई रोजगारी दिने उल्लेख छ ।

यस्तै, नौ महिनामा दुई सय ५३ वटा विदेशी लगानीका उद्योगका लागि रु ४१ अर्ब २१ करोड २४ लाख ३१ हजार चार सय ४६ लगानी प्रतिबद्धता आएको छ । जसमा चैतमा रु आठ अर्ब ९१ करोड १२ लाख ६४ हजार छ सय ९० विदेशी लगानी प्रतिबद्धता भित्रिएकोे छ । विभागका अनुसार चालु आर्थिक वर्षको साउनमा रु दुई अर्ब ६४ करोड नौ लाख, भदौमा रु तीन अर्ब ४४ करोड ६५ लाख, असोजमा रु एक अर्ब ८५ करोड ४७ लाख र कात्तिकमा रु तीन अर्ब ६५ करोड बराबरको लगानी प्रतिबद्धता आएको थियो ।

यस्तैगरी, मङ्सिरमा रु ८० करोड आठ लाख, पुसमा रु चार अर्ब ८५ करोड २० लाख, माघमा रु एक अर्ब ३९ करोड बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७८/७९ को साउनमा रु पाँच अर्ब ५३ करोड ५० लाख, भदौमा रु छ अर्ब ३२ करोड, असोजमा रु एघार अर्ब ९६ करोड पाँच लाख, कात्तिकमा रु ९८ करोड, मङ्सिरमा रु पाँच अर्ब १५ करोड ५१ लाख, पुसमा रु ६१ करोड २० लाख, माघमा रु ५३ करोड ९५ लाख र फागुनमा रु दुई अर्ब २३ करोड बराबरको लगानी प्रतिबद्धता आएको थियो ।

त्यस्तै, चालु आर्थिक वर्षको नौ महिनामा करिब साढे १४ अर्ब नेपाली रुपैयाँ विदेशिएको छ । उद्योग विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्याङ्क अनुसार रु १३ अर्ब ७७ करोड ४४ लाख १० हजार पाँच सय ५९ लाभाशंबापत रकम फिर्ताको सिफारिस भएको हो । विभागले नौ महिनामा रोयल्टीबापत रु दुई अर्ब ११ करोड ६ हजार छ सय ३४, १२ लाख ४५ हजार ९१ अमेरिकी डलर, ३० करोड ६२ लाख ९६ हजार ६०९ भारतीय रुपैयाँ र सात हजार युरो विदेश लैजानका लागि विभागले सिफारिस गरेको छ । विभागले चैत महिनामा लाभाशंबापत रु तीन अर्ब १४ करोड ५३ लाख २२ हजार दुई सय ३५ विदेश लैजान सिफारिस गरेको हो ।

यस्तै, रोयल्टीबापत चैत महिनामा रु बीस करोड ६० लाख नौ हजार पाँच सय २६, ७३ हजार तीन सय १३ अमेरिकी डबर, १५ लाख ४५ हजार सात सय ८३ भारु फिर्ता लैजानेगरी स्वीकृति प्रदान गरेको हो । यस्तै, चालु आवको नौ महिनामा विभागले व्यवसायी भिसा अन्तरगत एक हजार दुई सय २४ जना लगानीकर्ता, एक सय ८६ जना प्रतिनिधि र पाँच सय २४ जना आश्रितका लागि भिसा सिफारिस गरेको छ ।

चैत महिनामा मात्रै विभागले एक सय ६६ लगानीकर्ता, ४५ प्रतिनिधि र एक सय ४२ जना आश्रितका लागि भिसा सिफारिस गरेको छ । विभागले सिफारिस गरेपछि नेपाल राष्ट्र बैंकबाट स्वीकृत लिएपछि मात्र नेपाली रुपैयाँ विदेश लैजान पाइन्छ । विभागले स्वीकृत गरेको १५ दिनभित्र रकम लैजान पाइने विभागले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिलो खेलमै पराजित भयो मेस्सीको टिम अर्जे्टिना, कोलम्बियाको शानदार शुरुवात
पहिलो खेलमै पराजित भयो मेस्सीको टिम अर्जे्टिना, कोलम्बियाको शानदार शुरुवात
नेपालको राष्ट्रिय झण्डा जलाउने ग्याल्जोम तामाङ्गसहित नौ जना पक्राउ
नेपालको राष्ट्रिय झण्डा जलाउने ग्याल्जोम तामाङ्गसहित नौ जना पक्राउ
टेकु अस्पताल भन्छ, ‘केही दिनमै डिस्चार्ज हुँदैछन् कोभिड सङ्क्रमित’
टेकु अस्पताल भन्छ, ‘केही दिनमै डिस्चार्ज हुँदैछन् कोभिड सङ्क्रमित’
आजको दिन कुन-कुन राशीलाई शुभ छ हेर्नुस्…
यी प्रदेशका केही स्थानमा हुनेछ भारी वर्षा
स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु : डा तोसिमा कार्की (अन्तर्वार्ता)
स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु : डा तोसिमा कार्की (अन्तर्वार्ता)
यि हुन नेपाल र चीन बिच भएका १० बुँदे महत्वपूर्ण सम्झौता
बम्जनको आश्रमबाट पक्राउ पर्ने गुरु को हुन्?
बम्जनको आश्रमबाट पक्राउ पर्ने गुरु को हुन्?
​ प्रचण्ड सरकार विरुद्ध बुटवलमा जनलहर….
​ प्रचण्ड सरकार विरुद्ध बुटवलमा जनलहर….
यि हुन नेपाली र चिनियाँ लगानीकर्ताबीच सम्झौता भएका ८ परियोजनाहरू
यि हुन नेपाली र चिनियाँ लगानीकर्ताबीच सम्झौता भएका ८ परियोजनाहरू

तपाईंले छुटाउनुभयो कि?