म्याच फिक्सिङकाे अाराेपित ६ जनालाइ सफाइ !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ २४, २०७५
|
|
४३ पटक हेरिएको
Shares
म्याच फिक्सिङकाे अाराेपित ६ जनालाइ सफाइ !

सारांश

  • काठमाडौं,  २४ जेठ ।
  • म्याच फिक्सिङकाे अाराेपमा मुद्धा खेपिरहेका ६ जनाकाे  अदालतले फैसला सुनाएकाे छ ।
  • बिहीबार  विशेष अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, सदस्यद्वय प्रमोदकुमार श्रेष्ठ बैद्य र नारायणप्रसाद पोखरेलको इजलासले सफाइ दिने फैसला सुनाएको हो ।

काठमाडौं,  २४ जेठ । म्याच फिक्सिङकाे अाराेपमा मुद्धा खेपिरहेका ६ जनाकाे  अदालतले फैसला सुनाएकाे छ ।

बिहीबार  विशेष अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, सदस्यद्वय प्रमोदकुमार श्रेष्ठ बैद्य र नारायणप्रसाद पोखरेलको इजलासले सफाइ दिने फैसला सुनाएको हो ।

राष्ट्रिय फुटबल टोलीका तत्कालीन कप्तान सागर थापा, सन्दीप राई, रितेश थापा, विकास सिंह क्षेत्री, प्रशिक्षक अञ्जन केसी र फिजियो डेजिव थापाले सफाइ पाएका हुन् ।

फिक्सिङको आरोपमा २७ असोज २०७२ मा सागर थापासहितका खेलाडी पक्राउ परेका थिए भने २४ कात्तिकमा सबै धरौटी बुझाएर छुटे । अञ्जन केसी र रितेश थापाले ५ लाख, सागरले १ लाख ५० हजार र अन्यले ५० हजार धरौटी तिरेका थिए ।

नेपालले २००८ देखि खेलेका अन्तर्राष्ट्रिय खेलमा पैसा लिएर हारेको भेटिएको भन्दै प्रहरीले पक्राउ गरेको थियो । उनीहरुले प्रहरीसामू फिक्सिङ स्वीकार गरे पनि अदालतमा इन्कारी बयान दिए ।
फिफाले भने उनीहरुमाथि आजीवन प्रतिबन्ध लगाएको थियो ।

उनीहरुविरुद्ध राज्यविरुद्धको अपराधमा मुद्दा चलाइएको थियो । तर, राज्य विप्लवको कसुर गरेको नदेखिएको फैसलामा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको राशीफल
आजको राशीफल
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
रत्नजित तामाङ क्वार्टरफाइनलमा
रत्नजित तामाङ क्वार्टरफाइनलमा
नयाँ शक्ति नेपाल पार्टीका संयोजक बाबुराम भट्टराई, हिसिला यमि सहित ६० जना पक्राउ
नयाँ शक्ति नेपाल पार्टीका संयोजक बाबुराम भट्टराई, हिसिला यमि सहित ६० जना पक्राउ
जनतालाई नोक्सान हुनेगरि सरकारले रौं बराबरको गलत काम गरेको छैन : मन्त्री अर्याल
जनतालाई नोक्सान हुनेगरि सरकारले रौं बराबरको गलत काम गरेको छैन : मन्त्री अर्याल
टयांकरमा इन्धन खाली हुदाँ प्रधानमन्त्री पोखरामा विमानस्थलमा १ घण्टा रोकिए
टयांकरमा इन्धन खाली हुदाँ प्रधानमन्त्री पोखरामा विमानस्थलमा १ घण्टा रोकिए
पहिलेका सहयात्री- अहिले फोरम देखेर राजपा किन तर्सिंदैछ
पहिलेका सहयात्री- अहिले फोरम देखेर राजपा किन तर्सिंदैछ
महेन्द्रनगर म्युजियमः उल्टो तस्बिर लिने लिनेहरूको आकर्षण
महेन्द्रनगर म्युजियमः उल्टो तस्बिर लिने लिनेहरूको आकर्षण
विश्वकपमा पेनाल्टी शुटआउटको इतिहासः सबैभन्दा धेरै खेल्ने अर्जेन्टिना, जित्ने जर्मनी
विश्वकपमा पेनाल्टी शुटआउटको इतिहासः सबैभन्दा धेरै खेल्ने अर्जेन्टिना, जित्ने जर्मनी
युवासंघ, नेपालको २७ औं स्थापना दिवसको अवसरमा राजधानीमा बृहत् दिप प्रज्वलन !

तपाईंले छुटाउनुभयो कि?