पद गुम्ने डरले सुरक्षित गर्नतर्फ आईजीपी, संगठन अस्तव्यस्त
सारांश
- काठमाडौं, २० पुस ।
- संगठनभित्र चरम नैराश्यता बढिरहेका बेला प्रहरी महानिरीक्षक प्रकाश अर्याल भने आफ्नै व्यक्तिगत स्वार्थमा केन्द्रीत छन् ।
- नेता र अख्तियारका अधिकारीहरुलाई खुशी बनाएर आफ्नो पद सुरक्षित गर्ने तथा आफ्ना आसेपासेलाई अवसर दिनमा उनी केन्द्रीत छन्।
काठमाडौं, २० पुस । संगठनभित्र चरम नैराश्यता बढिरहेका बेला प्रहरी महानिरीक्षक प्रकाश अर्याल भने आफ्नै व्यक्तिगत स्वार्थमा केन्द्रीत छन् । नेता र अख्तियारका अधिकारीहरुलाई खुशी बनाएर आफ्नो पद सुरक्षित गर्ने तथा आफ्ना आसेपासेलाई अवसर दिनमा उनी केन्द्रीत छन्।
नेपाल प्रहरीमा सईहरुको बढुवा नभएको डेढ वर्ष भइसकेको छ । कम्प्यूटरतर्फका सईहरुको त २० वर्ष पुग्दा पनि बढुवा भएको छैन । यसमा आईजिपीको कुनै चासो छैन । बढुवा नभएपछि प्रहरी अधिकारीहरु राजिनामा दिदै बिदेशीन थालेका छन् । कम्युटर सेवा निर्देशनालयकी डिआईजी किला कसाकार कार्कीले समेत राजिनामा दिइसकेकी छिन् । दुई महिनाअघि एसपी गोरखसिह भण्डारीले समेत राजिनामा दिएका थिए । एक महिनामा सय भन्दा धेरै प्रहरीले राजिनामा दिने गरेका छन् ।
आईजिपीकै कमजोरीका कारण अभियुक्तलाई कुटे प्रहरी नै जेल जाने मुलुकी अपराध संहिता ऐन पारीत भइसकेको छ। यो प्रावधानले प्रहरीले अपराध अनुसन्धान नै गर्न नसक्ने अवस्था आउदैछ । उक्त ऐनको विषयमा व्यापक छलफल भएपनि त्यसमा आईजिपी अर्यालले लबिङ गर्न चासो दिएनन् । त्यो प्रावधानले फौजदारी अपराधको अनुसन्धान प्रणाली नै ध्वस्त हुने भन्दै गत शुक्रबार प्रहरी मुख्यालयमा आयोजित कार्यक्रममा प्रहरी अधिकारीहरुले चिन्ता व्यक्त गरेका थिए ।
त्यस्तै यसपटकको यूएन मिसन छनोट पनि चरम विवादमा तानिएको छ । आफ्ना मान्छे पठाउन पटक पटक परिक्षा गरिएको छ । अर्याल सानो गुटमा रमाएर आफ्ना स्वार्थहरु मात्र पुरा गर्न लागिपरहेको प्रहरी अधिकारीहरुको आरोप छ ।
प्रतिक्रिया