श्रम स्वीकृति लिन अनलाइनबाटै टोकन प्राप्त
सारांश
- काठमाडौं, मंसिर १६ – वैदेशिक रोजगारमा विदेश जानका लागि अब श्रम स्वीकृति लिन अनलाइनबाटै टोकन प्राप्त हुने भएको छ ।
- श्रम स्वीकृति प्रक्रियालाई सरल बनाउन वैदेशिक रोजगारको कार्यालय ताहाचलले आइतबारबाट यो प्रणाली सुरु गरेको हो ।
- पछिल्लो दिनमा कार्यालयमा सेवाग्राहीको भीड बाक्लो हुँदा सेवा सम्पादन प्रभावित भइरहेको छ ।
काठमाडौं, मंसिर १६ – वैदेशिक रोजगारमा विदेश जानका लागि अब श्रम स्वीकृति लिन अनलाइनबाटै टोकन प्राप्त हुने भएको छ ।
श्रम स्वीकृति प्रक्रियालाई सरल बनाउन वैदेशिक रोजगारको कार्यालय ताहाचलले आइतबारबाट यो प्रणाली सुरु गरेको हो । पछिल्लो दिनमा कार्यालयमा सेवाग्राहीको भीड बाक्लो हुँदा सेवा सम्पादन प्रभावित भइरहेको छ । त्यसैलाई व्यवस्थापन गर्ने गरी अब अनलाइन फारम भर्दा नै टोकन नम्बर दिन सुरु गरिएको हो । नयाँ श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र कागजात प्रमाणीकरणका लागि अनलाइन टोकन अनिवार्य गरिएको छ ।
हाल कार्यालयमा सेवा लिन एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली ९एफइआर्इएमएस०मा अनलाइन आवेदलन भर्नुपर्छ । अब त्यसमै टोकन नम्बर उल्लेख गर्ने व्यवस्था गरिएको छ । अब यसमै तोकिने मिति र समयमा मात्र सेवा ग्राही विभागमा सेवा लिन जान सक्छन् ।
तोकिएको समयमा तोकिएका सोव ग्राही मात्रै आउादा एकैपटक कार्यालयमा भीड जम्मा नहुने अपेक्षा गरिएको छ । अनलाइन टोकन सुरु भएपछि बिचौलियाको चलखेल पनि घट्ने अपेक्षा विभागको छ । पछिल्लो समयममा कार्यालय व्यवस्थापनमा पनि ध्यान दिइएको छ ।
परिसरभित्र पिउने पानीको व्यवस्था गरिएको छ भने बस्ने बेन्चहरु थपिएका छन् । कार्यालयमा आउने यात्रुलाई बस्न सहज होस् भनेर थप पूर्वाधार निर्माण्को योजना बनाइएको छ ।
प्रतिक्रिया