देउवाले देशको शीर निहुर्‍याएः ओली

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ९, २०७४
|
|
२८ पटक हेरिएको
Shares
देउवाले देशको शीर निहुर्‍याएः ओली

सारांश

  • काठमाडौं ।
  • भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको अभिव्यक्तिले देशको शीर निहुरिएको टिप्पणी प्रमुख विपक्षी दलका नेताले गरेका छन् ।
  • एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनलाई लिएर देउवा भारतीय समकक्षीसामू ‘गिडगिडाएको’ आरोप लगाए ।

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको अभिव्यक्तिले देशको शीर निहुरिएको टिप्पणी प्रमुख विपक्षी दलका नेताले गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनलाई लिएर देउवा भारतीय समकक्षीसामू ‘गिडगिडाएको’ आरोप लगाए । नियमित उपचारका लागि बैकक जाने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले देउवाको चर्को आलोचना गरे ।
देउवाले मोदीलाई संविधान संशोधन गर्ने बचन दिएकोमा असन्तुष्टि जनाउँदै ओलीले भने, ‘संसदले गरेको फैसलालाई धज्जी उडाउनु भएको छ । गिडगिडाएर क्षमायाचनाको भाषामा भन्नु भएको छ, प्रभु मैले कोसिस गरेको थिएँ तर सकिँन ।’

देउवाले देशको स्वाभिमानको वास्ता नगरेको र असान्दर्भिक रुपमा संविधान संशोधनको विषय ल्याएको उनको आरोप छ । उहाँको हाउभाउ, अभिव्यक्ति, उहाँले प्रस्तुत गरेका विषयबस्तुले देशकै शीर निहुरिएको छ’ ओलीले भने ।

बिहीबार हैदराबाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले दुई तिहाई पुर्‍याएर संविधान संशोधन गर्ने बचन दिएका थिए ।

एमाले अध्यक्ष ओलीले बाढी, पहिरो तथा डुबान पीडितहरुको राहत, उद्धार र पुनस्र्थापनालाई अझै प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

अनलाइनखबर

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Amar Ghotane

    उखानेले ठाडो पारिदिए भै गो नि!केको ल्याङ्ल्याङ?

    Comment Author

    Raghu Thapa

    Mahakali bata faeda hunya kam ly ni ukhanya

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विकट गाउँमा गाउँघर क्लिनिकको भवन निर्माण
विकट गाउँमा गाउँघर क्लिनिकको भवन निर्माण
शेखर कोइरालाकाे दाबीः फौजदारी मुद्दा लागेकालाई राजनीतिक मुद्दा भनेर छुट दिँदा देशको छवि बदनाम भयो
शेखर कोइरालाकाे दाबीः फौजदारी मुद्दा लागेकालाई राजनीतिक मुद्दा भनेर छुट दिँदा देशको छवि बदनाम भयो
पीपीएल क्रिकेटः भेट्ला विराटनगरले १ सय ९८ रनकाे विशाल लक्ष्य ?
पीपीएल क्रिकेटः भेट्ला विराटनगरले १ सय ९८ रनकाे विशाल लक्ष्य ?
रसुवामा समानुपातिकको मतगणना सकियो, कुन पार्टीले कति मत पाए ?
रसुवामा समानुपातिकको मतगणना सकियो, कुन पार्टीले कति मत पाए ?
लिग २ : नेपाल ३७ रनले अमेरिकासँग पराजित
लिग २ : नेपाल ३७ रनले अमेरिकासँग पराजित
जेठ २० गतेको राशीफल यस्तो छ, कसैको साँझसम्म सुखद खबर आउने, कसैको प्रेमसम्बन्धमा दरार आउने
काबुल बम बिस्फोटमा ६३ जना मारिए, १८२ जना घाइते
काबुल बम बिस्फोटमा ६३ जना मारिए, १८२ जना घाइते
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य
रोल्पाली सेवा समाज मलेसियाको अधिवेशन सम्पन्न
रोल्पाली सेवा समाज मलेसियाको अधिवेशन सम्पन्न
नवीन सोच देशको सामाजिक रुपान्तरणका निम्ति अपरिहार्य छः प्रधानमन्त्री दाहाल
नवीन सोच देशको सामाजिक रुपान्तरणका निम्ति अपरिहार्य छः प्रधानमन्त्री दाहाल

तपाईंले छुटाउनुभयो कि?