सेवा अवरुद्ध गर्ने समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन
सारांश
- काठमाडौं, २१ बैशाख ।
- गृहमन्त्री रामबहादुर “बादल”ले सेवा अवरुद्ध गर्ने देशभरका यातायात व्यवसायी समितिका पदाधिकारीलाई पक्राउ गर्न निर्देशन दिएका छन् ।
- जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गर्दै गृहमन्त्री बादलले अत्यावश्यक सेवा सञ्चालन ऐनअनुरुप कारवाही गर्न पनि निर्देशन दिएका छन् ।
काठमाडौं, २१ बैशाख । गृहमन्त्री रामबहादुर “बादल”ले सेवा अवरुद्ध गर्ने देशभरका यातायात व्यवसायी समितिका पदाधिकारीलाई पक्राउ गर्न निर्देशन दिएका छन् । जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गर्दै गृहमन्त्री बादलले अत्यावश्यक सेवा सञ्चालन ऐनअनुरुप कारवाही गर्न पनि निर्देशन दिएका छन् ।
प्रमुख जिल्ला अधिकारीहरुले सम्बन्धित यातायात व्यवसायी समितिका पदाधिकारीहरुलाई पक्राउ गर्न प्रहरी परिचालन गर्ने गृहमन्त्रालयको स्रोतले बताएको छ । सरकारले यातायात व्यवसायी समितिको सिण्डिकेट तोड्ने प्रयास थालेपछि यातायात व्यवसायीहरुले आज देशभर आफ्ना सवारीसाधन चलाएका छैनन् ।
प्रतिक्रिया
कुल कमेन्ट:
7
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Mohan Kayasta
Negotiate. Dar Dhamki power nadekhaunos. Kura Gara.
Thapachhabiraj Thapa
Yes do the needful Mr home minister badal
Prakash Pahari
हैन कति राम्रो कुरा हाे
Ashok Rayamajhi
good
Indra Kumar Tamang
राम्रो समचार
Narayan Satyal
यसरी धमकीले काेही डरदैन अाफनाे पहीले काे साेचाै