औद्योगिक क्षेत्रमा लगाइएको ताला खुल्यो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र ७, २०७५
|
|
२३ पटक हेरिएको
Shares
औद्योगिक क्षेत्रमा लगाइएको ताला खुल्यो

सारांश

  • लहान ७ भदौ।
  • सप्तरीको रुपनी गाउँपालिकास्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा उद्योगी व्यवसायीले लगाएको ताला तीन दिनपछि खुलेको छ।
  • गाउँपालिकाका अध्यक्ष हरे राम यादवसँग भएको लिखित सहमतिपछि उद्योगी व्यवसायीले औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा लागेको ताला खोल्न सहमति जनाएका हुन्।

लहान ७ भदौ। सप्तरीको रुपनी गाउँपालिकास्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा उद्योगी व्यवसायीले लगाएको ताला तीन दिनपछि खुलेको छ।गाउँपालिकाका अध्यक्ष हरे राम यादवसँग भएको लिखित सहमतिपछि उद्योगी व्यवसायीले औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा लागेको ताला खोल्न सहमति जनाएका हुन्। बिधुत, पानी, सुरक्षा लगायतका विभिन्न ६ बुँदे माग राख्दै उनीहरुले गत सोमबार औद्योगिक क्षेत्रमा तालाबन्दीसहित प्रवेशद्वारमा धर्ना दिँदै आएका थिए।

भदौ १५ गते स्थानीय प्रशासन, राजनितिक दल, बुद्धिजीवीसहित सरोकारवालाको बृहत् छलफल गराई औद्योगिक क्षेत्रका समस्या समाधानका लागि सामूहिक प्रयास गर्ने सहमतिपछि तालाबन्दी र धर्नाको कार्यक्रम स्थगित गरिएको उद्योगी हरुले  बताए।

केही उद्योगीहरुले भने समयभित्र सहमति कार्यान्वयन नभए पुनः आन्दोलनमा उत्रने चेतावनी दिएका छन्। समस्या समाधानका लागि पटकपटक आग्रह गर्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको कोसी पोलिमर्स उद्योगका सञ्चालक प्रमेश यादवले बताए। सहमति अनुसार काम नभए पुन आन्दोलन गर्छौं।’उनले भने, ‘गाउँपालिका अध्यक्ष नै चासो राखेर आएपछि आफूहरुले आन्दोलन स्थगित गरेका हौं।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?