भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवस आज
सारांश
- काठमाडौं, २३ मंसिर ।
- भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवस आज, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
- दिवसको अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालय परिसरमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।
काठमाडौं, २३ मंसिर । भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवस आज, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसको अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालय परिसरमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनुभएको छ । कार्यक्रममा संवैधानिक आयोगका प्रमुखहरु, नेपाल सरकारका सचिवहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरु पनि सहभागी छन् ।
संयुक्त राष्ट्रसंघले सन् २००३ डिसेम्बर ९ तारिखमा भ्रष्टाचारविरुद्धको अन्तराष्ट्रिय महासन्धि पारित गरेको थियो । नेपालले सन् २०११ मा महासन्धीलाई अनुमोदन गरेको थियो । राष्ट्रसंघले भ्रष्टाचारविरुद्धको अन्तराष्ट्रिय महासन्धी पारित गरेको दिनको सम्झनामा हरेक वर्ष डिसेम्बर ९ मा भ्रष्टाचार विरुद्धको दिवस मनाउने गरिन्छ ।
प्रतिक्रिया