नेपालले मलेसियालाई दियो २५३ रनको विशाल लक्ष्य

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ १९, २०८०
|
|
४० पटक हेरिएको
Shares
नेपालले मलेसियालाई दियो २५३ रनको विशाल लक्ष्य

सारांश

  • काठमाडौँ ।
  • एसिसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा नेपालले घरेलु टोली मलेसियालाई उपाधि जित्नका लागि २५३ रनको विशाल लक्ष्य दिएको छ ।
  • मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा आठ विकेट गुमाएर २५२ रनको योगफल बनायोे ।

काठमाडौँ । एसिसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा नेपालले घरेलु टोली मलेसियालाई उपाधि जित्नका लागि २५३ रनको विशाल लक्ष्य दिएको छ ।

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा आठ विकेट गुमाएर २५२ रनको योगफल बनायोे । नेपालका लागि नरेन भट्टले ८९ बलमा १० चौका र २ छक्काको सहयोगमा अविजित १ सय १२ रनको शतकीय पारी खेले ।

त्यस्तै नीरज यादवले ४७ रनको योगदान दिए भने सुर्यांशु कोइरालाले १८ रन बनाए । सन्तोष यादवले २६ रन बनाउँदा अशोक धामीले ११ रन जोडे । मलेसियाका लागि मुहम्मद अक्रमले ३ विकेट लिए भने अरेन अकिल र मुहम्मद फदुलले समान १÷१ विकेट लिए ।

यसअघि हिजो भएको सेमिफाइनलमा नेपालले सिङ्गापुरलाई पराजित गर्दै फाइनल पुगेको थियो । मलेसियाले भने हङकङलाई हराउँदै फाइनलमा स्थान बनाएको हो । समूह चरणको खेलमा नेपालले मलेसियालाई पराजित गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?