सेयर बजारमा सुधार परिसूचक नेप्सेमा २१ अंकमाथिको वृद्धि

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र २८, २०७९
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  • साताको तेश्रो दिन आज मंगलबार सेयर बजार केही सुधार आएको छ ।
  • सेयर बजार परिसूचक नेप्सेमा मंगलबार २१ अंकमाथिको वृद्धि भएको हो।
  • केहीदिन यताको लगातार गिरावटलाई ब्रेक गर्दै मंगलबार नेप्से सूचक २१.

साताको तेश्रो दिन आज मंगलबार सेयर बजार केही सुधार आएको छ । सेयर बजार परिसूचक नेप्सेमा मंगलबार २१ अंकमाथिको वृद्धि भएको हो। केहीदिन यताको लगातार गिरावटलाई ब्रेक गर्दै मंगलबार नेप्से सूचक २१.३० अंकले वृद्धि हुँदै १९३४.०४ अंकमा उक्लिएको हो ।

तर, कारोबार रकममा भने खासै प्रगति हुन सकेको छैन । मंगलबार २१ अंकले बढेको बजारमा जम्मा ९२ करोड २५ लाख ७४ हजार रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ । यद्यपि, आज १३ वटै उपसूचक धनात्मक भएका छन् ।

सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक २.१३ प्रतिशतले वृद्धि भएको छ भने अन्य समूहको उपसूचक सरदर एक प्रतिशतले बढेका छन् । आज बोटलर्स नेपालका लगानीकर्ताहरुले १० प्रतिशतले कमाएका छन् भने नेपाल बैंक डिभेन्चर्सका लगानीकर्ताहरुले ९।५९ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?