सुनसरीमा सवारी दुर्घटना हुँदा ६ जनाकाे मृत्यु
सारांश
- सुनसरी, १९ असार ।
- सुनसरीको कोशी गाउँपालिका–४ कोशी कटानमा गएराति सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ।
- मृत्यु हुनेमा भारतको विहार राज्यको सुपौल जिल्लास्थित लक्ष्मीणीया बस्ने ४० वर्षीय संजीव कुमार र सोही ठाउँका गोनु कुमार रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
सुनसरी, १९ असार । सुनसरीको कोशी गाउँपालिका–४ कोशी कटानमा गएराति सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा भारतको विहार राज्यको सुपौल जिल्लास्थित लक्ष्मीणीया बस्ने ४० वर्षीय संजीव कुमार र सोही ठाउँका गोनु कुमार रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। मृतक ६ जनामध्ये २ जनाको मात्र नाम खुलेको र बाँकी ४ जनाको नाम खुल्न बाँकी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिए।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बि आर०६ पी बी ६४१८ नम्बरको स्कारपिओ जिप अनियन्त्रित भएर दुर्घटना भएको हो। दुर्घटनामा परी ३ जनाको घटनास्थलमा र ३ जनाको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ।
घटनास्थलमा मृत्यु भएका तर नाम नखुलेका ३ जनाको शव जिल्ला अस्पताल, इनरुवामा राखिएको छ भने उपचारका क्रममा मृत्यु भएकाको शव विराटनगरस्थित अस्पतालमै राखिएको प्रहरीले जनाएको छ। सोही दुर्घटनामा अन्य ४ जना घाइते भएका छन्।
प्रतिक्रिया