एक झोला पैसाले घर किन्दैमा स्थानीय भइन्छ ?- केपी ओली

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर ८, २०७४
|
१५
|
२१ पटक हेरिएको
Shares
एक झोला पैसाले घर किन्दैमा स्थानीय भइन्छ ?- केपी ओली

सारांश

  • मंसिर, धनगढी ।
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक झोला पैसा बोकेर घर किन्दैमा कोही पनि स्थानीय उम्मेदवार हुन नसक्ने बताएका छन् ।
  • कैलाली ५ का कांग्रेस उम्मेदवार आरजु राणाले टुरिष्टको आरोप लागेपछि घर किनेकी छन् ।

मंसिर, धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक झोला पैसा बोकेर घर किन्दैमा कोही पनि स्थानीय उम्मेदवार हुन नसक्ने बताएका छन् ।

कैलाली ५ का कांग्रेस उम्मेदवार आरजु राणाले टुरिष्टको आरोप लागेपछि घर किनेकी छन् ।

शुक्रबार धनगढीमा आयोजित चुनावी सभामा राणाका प्रतिस्पर्धी वाम गठबन्धनका उम्मेदवार नारदमुनी रानालाई भोट माग्दै एमाले अध्यक्ष ओलीले भने, ‘ काठमाडौंबाट केही केही मान्छे पैसाको थैला बोकेर म त यहीँको भएँ नि भन्दै घर घरेडी किन्दै आएका छन् । यहाँको हुन एक झोला पैसाले घर किन्दैमा हुन्छ ?’

‘मान्छे देखेको छैन, घर देखेको छ । अनि आफ्नो मान्छे भयो ? अघि थपे, ‘अलि अस्ति आएको भए पनि हुन्थ्यो नि !

‘धन्नै हो कांग्रेसको लोकतन्त्र’ भन्दै ओलीले भने, ‘माथितिर श्रीमान, तल श्रीमती, छोरा अलि सानो छ । नत्र भने छोरा पनि (उम्मेदवार) हुन्थे । हाम्रो काम अरुलाई बोक्ने मात्र । ‘

यहाँका थारुले जित्नु हुन्न ? काठमाडौंबाटै आउनु पर्छ भन्दै ओलीले १०४ वर्ष शासन गरेका राणाका छोराछोरीहरुको जिब्रोका स्वद अझै नगएको टिप्पणी गरे ।

वाम गठबन्धनका उम्मेवार नारदमुनी त्यहीँको धुलामाटोमा खेलेर हुर्किएको र जितेपनि हारेपनि त्यही रहने तर, अरु फर्किने हो कि होइन थाहा नभएको उनले बताए ।

प्रहरी अधिकारीहरुदेखि सीडीओ दिनदिनै फेरिएको भन्दै ओलीले चुनावमा धाँदली गर्ने प्रयास भएको बताए । उनले अघि भने, ‘म भन्न चाहन्छु, सरकारी कर्मचारी दुई दिने सरकारको नोकर होइनन्, सबैको भूमिका निश्पक्ष हुनुपर्छ । एकाध मान्छेको सेवामा इमान छोड्न र कानुन तोड्न काम गर्नु हुँदैन ।’

जस्तो धाँदली गर्छु भनेर सोचेको छ, त्यो हुन नदिने भन्दै ओलीले मतपत्रको बाकस आफूहरुको आँखाबाट आझेल पर्न नदिने बताए । साथै मंसिर २१ पछि वामपन्थी सरकार बन्छ भन्ने हेक्का राख्न पनि आग्रह गरेका छन् ।

ओलीले केहीले हृयाकुलाले मिच्छौं भनेको सुनेको भन्दै भने, मिच्ने हृयाकुलाहरु धेरै देखिए ।’

एमाले अध्यक्ष ओलीले अब एमाले र माओवादी केन्द्रको पार्टी एकता कसैले रोकेर नरोकिने बताए ।

प्रतिक्रिया

15 कमेन्ट

    Comment Author

    Prakash Subedi

    Vaidain kp sir tehi vayar tapaile jhapa ko namawali ktm sarnu vayo.ani tapai kasri jhapa ko hunu vayo

    Comment Author

    Prakash Subedi

    Ahile k ko aadhar ma ra kun nak mukha liyar jhapako hum vandai jhapa bat chunab ladeko

    Comment Author

    Veeru Khattri

    Rasta badi huna ta
    Janta la tirako karko
    Paisa liyara bidas ma upachar garara dhukuti khali garnu patcha hajur hoina ra?

    Comment Author

    Shyam Shubham Giri

    तिम्रो घर चाही कता हो नि काका १३थूम होकी झापा होकी भक्तपूर हो ?

    Comment Author

    Dipak Ghimire

    तपाइ भकतपुरको उखाने काका

    Comment Author

    Bhupal Ghimire

    Europe America मा घर होलानी देउपाको उहीँ हो लोकल भए हुनेथियो त?

    Comment Author

    Shyam Fayal

    Ani timichahi kasari jhapali bhayau ta? Timro sthahi mahal ta balkotma xa.

    Comment Author

    Rajendra Bhattachan

    एमाले अरु कोइ नेता नपाएर एस्ता टुक्केलाइ नेता बनायेका।

    Comment Author

    Hemanta Parajuli

    त्यसो भए राष्ट्रिय ढुकुटीमा हाम फालेर थाईल्याण्डमा उपचार गराउन जान्छु भन्दै नेपालमा अस्थिरता फैलाईरहने विदेशी प्रतिक्रियावादी संग बारम्बार ढोग भेट गर्न जानुको मतलव के हो ?

    Comment Author

    Maya Giri

    त्यै भयर यिनी भक्तपुर का नभयका अनुभविलाई बढि थाहा हुन्छ।उखाने त भय

    Comment Author

    Beda P. Timilsina

    के ?

    Comment Author

    Prem Joshi

    अनि के घर किन्नलाइ रातो पासपोर्ट नै बेच्नु पर्ने हो र ?

    Comment Author

    Raz Birjung Rana

    यो चाँही राम्रो हो????

    Comment Author

    Ishwor Giri

    उखान ले देश चल्दैन पुर्वतिरै भन

    Comment Author

    Nawin Pokhrel

    kasto hunuparne balkot Damak nai par x ? het brood natak ani kura garnu paro ni congress ma aabadda nepali ke sabai b Desi hun??????

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 15
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?