शाहरुख खानको फिल्म ‘जीरो’ को नाममा बलात्कार
सारांश
- एजेन्सी।
- शाहरुख खानको फिल्म ‘जीरो’ मा देखाइएको घण्टाघर चौराहा देखाउने वहानामा तीन युवकले एक १४ वर्षीया किशोरीको सामुहिक बलात्कार गरेका छन्।
- तीन जना युवाको चंगुलबाट भाग्न सफल यी किशोरीले प्रहरीलाई खबर गरेपनि आरोपी तीनै जनालाई प्रहरीले पक्राउ गरेको छ।
एजेन्सी। शाहरुख खानको फिल्म ‘जीरो’ मा देखाइएको घण्टाघर चौराहा देखाउने वहानामा तीन युवकले एक १४ वर्षीया किशोरीको सामुहिक बलात्कार गरेका छन्। तीन जना युवाको चंगुलबाट भाग्न सफल यी किशोरीले प्रहरीलाई खबर गरेपनि आरोपी तीनै जनालाई प्रहरीले पक्राउ गरेको छ।
पीडित किशोरी दिल्लीकी चाँदनी महल थाना क्षेत्रकी हुन्। १४ वर्षीया किशोरीको दोस्ती फेसबुकमार्फत मेरठका एक शाहरुख नाम गरेका युवासँग भएको थियो। दुवैबीच फेसबुकमा कुरा भइरहन्थ्यो।
यी युवकले किशोरीलाई शाहरुख खानको फिल्म ‘जीरो’मा देखाइएको घण्टाघर मेरठमा भएको बताए। युवकको कुरा सुनेर किशोर घण्टाघर हेर्नलाई उत्सुक भइन्। आरोपी युवाले उनलाई मेरठ बोलाए अनि दिल्ली रोडस्थित होटल मुकुट महलमा बन्धन बनाएर अन्य दुई जना साथीलाई पनि बोलाएर केही दिनसम्म सामुहिक बलात्कार गरेका थिए।
पीडित किशोरी आफूलाई बन्धक बनाएको ठाउँबाट भाग्न सफल भइन र परिवार भएको ठाउँमा पुगिन्। परिवारले एक हप्ता पहिला किशोरी हराएको भन्दै प्रहरीमा उजुरी दिएका थिए। आरोपी युवा किशोरीकी सानी आमाकी छोरीको साथी भएको बताएको छ। दिल्ली प्रहरीले आरोपीलाई पक्राउ गरेको छ। तर उनका अन्य दुई जना साथी भने फरार छन्।
प्रतिक्रिया