चिनियाँ विदेश मन्त्रालयले भन्यो, ‘बिआरआईलगायत रणनीतिक विषयमा नेपालसँग सहकार्य’

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १२, २०७९
|
|
१९ पटक हेरिएको
Shares
चिनियाँ विदेश मन्त्रालयले भन्यो, ‘बिआरआईलगायत रणनीतिक विषयमा नेपालसँग सहकार्य’

सारांश

  • काठमाडौँ ।
  • नेपालको नवगठित सरकारलाई बधाई दिँदै जनवादी गणतन्त्र चीनको विदेश मामिला मन्त्रालयले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बिआरआई) लगायतका रणनीतिक विषयहरूमा समन्वय र सहकार्यको अपेक्षा गरेको जनाएको छ ।
  • चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सोमबार मन्त्रालयका प्रवक्ता माओ निङले नेपालसँगको लामो मित्रतापूर्ण सहकार्य जारी राख्ने बताउनुभयो ।

काठमाडौँ । नेपालको नवगठित सरकारलाई बधाई दिँदै जनवादी गणतन्त्र चीनको विदेश मामिला मन्त्रालयले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बिआरआई) लगायतका रणनीतिक विषयहरूमा समन्वय र सहकार्यको अपेक्षा गरेको जनाएको छ ।

चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सोमबार मन्त्रालयका प्रवक्ता माओ निङले नेपालसँगको लामो मित्रतापूर्ण सहकार्य जारी राख्ने बताउनुभयो । “लामो समयको नेपाल–चीन सम्बन्धलाई हामी महत्त्वका साथ हेर्छौं । हामी नयाँ नेतृत्वको सरकारसँग मित्रतापूर्ण सम्बन्ध र सहकार्य गर्छौं”, प्रवक्ता निङले भन्नुभएको छ ।

नेपालमा शान्तिपूर्ण र सफलरूपमा निर्वाचन सम्पन्न भएको पनि चिनियाँ विदेश मन्त्रालयले उल्लेख गरेको छ । चिनियाँ विदेश मन्त्रालयले केही रणनीतिक विषयको सहकार्यमा निरन्तरता रहने उल्लेख गरेको छ । “नेपालको नयाँ प्रधानमन्त्रीका रूपमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियुक्त हुनुभएकोमा बधाइ ज्ञापन गर्दछौँ । बेल्ट एन्ड रोड कोअपरेसनलगायत दुई देशबीच रणनीतिक सहकार्य र समन्वयका लागि हाम्रो अपेक्षा रहन्छ”, प्रवक्ता निङले उल्लेख गर्नुभएको छ ।

चीनले नेपालसँगको सम्बन्धलाई उच्च महत्त्व दिएको र विकास तथा समृद्धिका लागि चिरस्थायी मित्रता कायम रहोस् भन्ने चाहेको पनि त्यहाँको विदेश मन्त्रालयले जनाएको छ । त्यस्तै, विभिन्न राजनीतिक दलसँगको समन्वयबाट नेपालमा दिगो र स्थायी सामाजिक–आर्थिक विकास हुने विश्वास लिएको पनि उसले उल्लेख गरेको छ ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Создание учетной записи в binance

    Your article helped me a lot, is there any more related content? Thanks! https://accounts.binance.com/ru/register?ref=V2H9AFPY

    Comment Author

    20bet

    Your article gave me a lot of inspiration, I hope you can explain your point of view in more detail, because I have some doubts, thank you.

    Comment Author

    gate io

    The point of view of your article has taught me a lot, and I already know how to improve the paper on gate.oi, thank you.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?