अत्याधिक मतले निर्वाचित भए राप्रपा अध्यक्षमा कमल थापा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन १०, २०७३
|
|
४२४ पटक हेरिएको
Shares
अत्याधिक मतले निर्वाचित भए राप्रपा अध्यक्षमा कमल थापा

सारांश

  •   काठमाडौ फागुन १०।
  • राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा पुनः निर्वाचित भएका छन् ।
  • प्रदीपविक्रम राणालाई हराउँदै थापा अध्यक्षमा निर्वाचित भएका हुन् ।

 

काठमाडौ फागुन १०। राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा पुनः निर्वाचित भएका छन् । प्रदीपविक्रम राणालाई हराउँदै थापा अध्यक्षमा निर्वाचित भएका हुन् ।

 

थापाले २ हजार ८०४ मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी राणाले २५१ मत पाएका छन् । राणाले अन्तिम समयमा आएर थापाविरुद्व उम्मेद्वारी दर्ता गराएका थिए ।

 

तीन हजार दुई सय ८७ प्रतिनिधिमध्ये ३ हजार १ सय २६ जनाले मतदान गरेको राप्रपाले जनाएको छ । यसमध्ये ८१ मत बदर भएको थियो ।

 

फागुन ६ गतेबाट सुरु भएको राप्रपाको एकता महाधिवेशनमा केन्द्रीय सदस्यका मतदान भने भोलि विहान ७ बजेबाट जनाइएको छ ।

 

९८ केन्द्रीय सदस्यका लागि साढे ३ सय बढीको उम्मेदवारी परेको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?