पोखरामा ‘तीज सांकृतिक महोत्सव’ सुरु

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २५, २०८०
|
|
२१ पटक हेरिएको
Shares
पोखरामा ‘तीज सांकृतिक महोत्सव’ सुरु

सारांश

  • गण्डकी ।
  • पोखराको लेकसाइडमा तीनदिने ‘तीज सांस्कृतिक महोत्सव–२०८०’ सुरु भएको छ ।
  • पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान) द्वारा आयोजित महोत्सवको आज कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उद्घाटन गरे ।

गण्डकी । पोखराको लेकसाइडमा तीनदिने ‘तीज सांस्कृतिक महोत्सव–२०८०’ सुरु भएको छ । पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान) द्वारा आयोजित महोत्सवको आज कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उद्घाटन गरे ।

सो अवसरमा उलेले महिला मुलुक हाक्न सक्ने शक्ति भएको बताए । “महिला पुरुषको वैशाखी हैनन्, मुलुक हाक्ने मेरुदण्ड हुन्”, मन्त्री गुरुङले भने, “महिला दिदीबहिनीहरु अब चुलोचौकोमा मात्र सीमित छैनन् ।”

उनले तीज परम्परागत पर्व भएकाले बढी खर्चिलो र भड्किलो बनाउन नहुनेमा जोड दिए । टेवानले महोत्सव आयोजना गरेर तीज पर्वलाई उत्पादन र पर्यटनसँग जोडेकामा खुसी व्यक्त गरे । पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले महोत्सवले पोखराको पर्यटन बजारलाई चलायमान बनाउने धारणा राखे । उनले पोखराको पर्यटन विकासका लागि यथाशीघ्र अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तरदेशीय उडान सुरु गर्नुपर्ने बताए ।

नेपाल पत्रकार महासङ्घ, कास्कीका अध्यक्ष विमला गुरुङले तीज पर्वले महिलाबीचको एकतालाई सुदृढ गर्नुपर्ने उल्लेख गरे । उनले बदलिदो समयअनुसार तीज पर्व मनाउने तरिका परिस्कृत हुँदै जानु स्वभाविक रहेको जानकारी दिए ।

टेवानका अध्यक्ष कमला गिरीले तीज पर्वको जगेर्नाका साथै महिला उद्यम प्रवर्द्धनको उद्देश्य लिएर महोत्सव आयोजना गरिएको बताए । महोत्सवमा गण्डकी प्रदेशका विभिन्न जिल्लाका महिलाले तयार गरेका हस्तकलाका सामग्रीको बिक्री तथा प्रदर्शनी राखिएको छ । 
  

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?