अध्यक्ष नेपाल र संयोजक गौतमबीच भेट : एकताका लागि छलफल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख २६, २०८०
|
|
४६ पटक हेरिएको
Shares
अध्यक्ष नेपाल र संयोजक गौतमबीच भेट : एकताका लागि छलफल

सारांश

  • काठमाडौं ।
  • नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमबीच आज भेटवार्ता भएको छ ।
  • एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा अध्यक्ष नेपाल र नेता गौतमबीच भएको भेटघाटमा समसामयिक राजनीतिक विषय, समान विचार भएका वामपन्थी शक्तिबीचको एकताबारे भइरहेका प्रयासका साथै राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा छलफल भएको उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमबीच आज भेटवार्ता भएको छ ।

एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा अध्यक्ष नेपाल र नेता गौतमबीच भएको भेटघाटमा समसामयिक राजनीतिक विषय, समान विचार भएका वामपन्थी शक्तिबीचको एकताबारे भइरहेका प्रयासका साथै राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा छलफल भएको उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

अध्यक्ष नेपालले मुलुकको कम्युनिष्ट आन्दोलन जगेर्ना गरी राष्ट्रियताको संरक्षणका साथै विकास र समृद्धिका लागि छरिएका स–साना वामपन्थी दललाई एकीकृत गरी बलियो कम्युनिष्ट शक्ति निर्माणका क्रममा पार्टी रहेकाले एकताका लागि प्रस्ताव गरेका थिए ।

सो अवसरमा नेता गौतमले एकताका लागि आफू सकारात्मक रहेकाले आफ्नो समूहबाट छलफल गरी छिट्टै निर्णय लिने जानकारी गराए । पार्टीले सङ्गठन सुदृढीकरणका साथै वामपन्थी दलसँग एकताका लागि समान दृष्टिकोण तथा वैचारिकरूपमा नजिक रहेका दललाई एकताबद्ध गर्न उपाध्यक्ष डा बेदुराम भुसालको नेतृत्वमा कार्यदलसमेत गठन गरेको थियो ।

उक्त कार्यदलले नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीसँग एकताका लागि विभिन्न चरणमा वार्ता गरेको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सलमान आफैले दिए यस्तो प्रतिक्रिया,रानु मण्डललाई ५५ लाखको घर दिएकोबारे
सलमान आफैले दिए यस्तो प्रतिक्रिया,रानु मण्डललाई ५५ लाखको घर दिएकोबारे
अझैपनि गोली चलाउने अधिकार सीडीओलाई नै
अझैपनि गोली चलाउने अधिकार सीडीओलाई नै
महानगरले तोक्यो पार्किङ शुल्क, मोटरसाइकललाई २५ र कारका लागि प्रतिघण्टा ८० रुपैयाँमात्र
महानगरले तोक्यो पार्किङ शुल्क, मोटरसाइकललाई २५ र कारका लागि प्रतिघण्टा ८० रुपैयाँमात्र
अपाङ्गता भएका परिवारको घर निर्माण
अपाङ्गता भएका परिवारको घर निर्माण
सेनामा सिपाहीका अनेक पिडा, किन जागिर छोड्न बाध्य छन् ?
सेनामा सिपाहीका अनेक पिडा, किन जागिर छोड्न बाध्य छन् ?
मन्त्री भट्टराई पत्नी विन्दाको नाम बेचेर घुस माग्ने जीता बराल को हुन्
मन्त्री भट्टराई पत्नी विन्दाको नाम बेचेर घुस माग्ने जीता बराल को हुन्
समाजसेवालाई उन्जेलामा कप उपाधी
समाजसेवालाई उन्जेलामा कप उपाधी
राष्ट्रपति निर्वाचन भोलि: गठबन्धनलाई सुविधाजनक मतभार
राष्ट्रपति निर्वाचन भोलि: गठबन्धनलाई सुविधाजनक मतभार
मन्त्रिपरिषद निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ताले भने ‘चीनसँग सीमा विवाद छैन’
मन्त्रिपरिषद निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ताले भने ‘चीनसँग सीमा विवाद छैन’
६ महिनादेखि सवारी लाइसेन्स छपाइ ठप्प,  १४ लाख कार्ड थाप्न बाँकी
६ महिनादेखि सवारी लाइसेन्स छपाइ ठप्प, १४ लाख कार्ड थाप्न बाँकी